चितवन आइपुग्यो सलह

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १४, २०७७
|
|
२८ पटक हेरिएको
Shares
चितवन आइपुग्यो सलह

सारांश

  • पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् ।
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको हो ।
  • उहाँका अनुसार कालिकाका स्थानीयवासीले आज बिहान गुलेलीले हानेर तर्साएपछि त्यहाँ रहेको सो कीराका सानो झुण्ड वनतर्फ गएको छ ।

पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको हो । उहाँका अनुसार कालिकाका स्थानीयवासीले आज बिहान गुलेलीले हानेर तर्साएपछि त्यहाँ रहेको सो कीराका सानो झुण्ड वनतर्फ गएको छ ।

सो क्षेत्रमा परियोजना, कृषि ज्ञान केन्द्र र सो नगरपालिकाका कृषि प्राविधिकहरुले अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो । यसैगरी शनिबार साँझ खैरहनी नगरपालिकाको पर्सा क्षेत्रमा आकाशमा सानो झुण्ड उडेको जानकारी स्थानीय कृषि प्राविधिकहरुले गराएको उहाँले बताउनुभयो ।

उहाँले जिल्लामा कहीँ देखिएमा तत्काल खबर गर्न अनुरोध गरिएको जानकारी दिनुभयो । यससँगै भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिका क्षेत्रमा फाट्टफुट्ट देखिएको भन्ने जानकारी सो केन्द्रमा आएको जनाइएको छ ।

सो केन्द्रका प्रमुख राजन ढकालले आजै वाग्मती प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा बैठक बस्न लागेको बताउनुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल कृषि अनुसन्धान परिषद्, सो परियोजना, केन्द्रलगायत संस्थाका विज्ञहरु र मन्त्रालयका उच्च अधिकारीका बीचमा सो विषयमा छलफल हुने जनाइएको छ ।

उहाँले मकै थन्काउने क्रम अन्तिम भएको भन्दै तत्काल थन्काउन, काट्दै गरेको चैते धान यथाशीघ्र काट्न, रोपाइँ भइरहेको ठाउँमा काम रोकेर नर्सरी जोगाउन, तरकारीका बेर्ना जोगाउन कृषकलाई अपिल गरिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सम्बन्धित कार्यालयका प्रमुखलाई कीरा रोकथाममा तत्काल जुट्न र के कस्तो सहयोग आवश्यक पर्छ भन्न निर्देशन दिइएको जानकारी दिनुभयो । केन्द्रका प्रमुख ढकालका अनुसार मकवानपुरतिर त्यहाँबाट प्राविधिकहरुले सलहको ठूलै झुण्ड देखिएको जानकारी गराएको बताउनुभयो ।

(flathatnews.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बयान गरि साध्य छैन, नाइजेरियामा सर्पले दिने दुख
बयान गरि साध्य छैन, नाइजेरियामा सर्पले दिने दुख
नेता टेकनाथ रिजाल प्रहरीको नियन्त्रणमा
नेता टेकनाथ रिजाल प्रहरीको नियन्त्रणमा
ठोरीवासी भन्छन् : गाउँमै सिंहदरबार आयो
ठोरीवासी भन्छन् : गाउँमै सिंहदरबार आयो
प्याज लुकाएर महंगो मुल्यमा बेच्ने व्यापारी पक्राउ
प्याज लुकाएर महंगो मुल्यमा बेच्ने व्यापारी पक्राउ
प्रधानमन्त्री ओलीले भिडियोमार्फत सिंगापुरबाटै मन्त्रीपरिषद बैठकको नेतृत्व गर्ने
दोस्रो एकदिवसीय क्रीकेट: नेपालको शानदार जित, हिसाब बराबर
दोस्रो एकदिवसीय क्रीकेट: नेपालको शानदार जित, हिसाब बराबर
संसद अधिवेशन बोलाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको प्रस्ताव
संसद अधिवेशन बोलाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको प्रस्ताव
‘देउवाले मोदीलाई संविधान संशोधन गर्ने बचन दिएर नेपालीको अपमान गरे’
माखा धपाएरै कार्यक्रम गर्न कर्णाली प्रदेश सरकार तयार
माखा धपाएरै कार्यक्रम गर्न कर्णाली प्रदेश सरकार तयार
पप गायक राजेश राइको सुमधुर स्वरमा “आइतबार” सार्वजनिक (भिडियो सहित)
पप गायक राजेश राइको सुमधुर स्वरमा “आइतबार” सार्वजनिक (भिडियो सहित)

तपाईंले छुटाउनुभयो कि?