चितवन अपडेट : मतपत्र च्यातिएको बिषयमा छानविन गर्न समिति चितवन आईपुग्यो।

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १५, २०७४
|
|
३६ पटक हेरिएको
Shares
चितवन अपडेट : मतपत्र च्यातिएको बिषयमा छानविन गर्न समिति चितवन आईपुग्यो।

सारांश

  • आइतवार भएको मतपत्र च्यातिएको बिषयमा निर्वाचन आयोगको टोली आज चितवन आईपुगेको छ।
  • सो टोलीको छानवीन समितिले चितवनमा मतपत्र च्यातिएको बिषयमा र मतगणना प्रक्रियालाई अगाडी बढाउन आजदेखिनै काम शुरु गरेको छ ।
  • आयोगले सहन्यायधिवक्ता गिताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायव महानिरिक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको टोलीले छानविन थालेको हो ।

आइतवार भएको मतपत्र च्यातिएको बिषयमा निर्वाचन आयोगको टोली आज चितवन आईपुगेको छ। सो टोलीको छानवीन समितिले चितवनमा मतपत्र च्यातिएको बिषयमा र मतगणना प्रक्रियालाई अगाडी बढाउन आजदेखिनै काम शुरु गरेको छ । आयोगले सहन्यायधिवक्ता गिताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायव महानिरिक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको टोलीले छानविन थालेको हो । टोलिका संयोजक तिम्सिनाका अनुसार आज जिल्लामा वस्तुस्थितिको वारेमा जानकारी लिई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणना स्थलमा खटिएका शशस्त्र प्रहरीको तथा कर्मचारीहरुसँग छलफल गरेको छ । घटनाको वास्तविक अवस्थाको वारेमा मंगलवार राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधि संग समेत जानकारी लिने टोलीले जनाएको छ । मतगणना स्थलको स्थलगत निरिक्षण पश्चात टोलिले आगामी बुधवार निर्वाचन आयोगमा प्रतिवेदन बुझाउने गरी म्याण्डेट पाएको मुख्य निर्वाचन अधिकृत गम्भिर घिमिरेले जानकारी दिनुभयो।

(store.connect4education.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालिका भगवती मन्दिर परिसरमा भजनगृह निर्माण
कालिका भगवती मन्दिर परिसरमा भजनगृह निर्माण
बिरामीको पुर्जामा नबुझ्ने अक्षर लेखिदिने डाक्टरलाई कार्वाही हुने
Complaints regarding electronic media outnumber plaints about other media at PCN
वहुप्रतिक्षित राष्ट्रिय चिकित्सा विधेयकमाथिको संशोधनमा बुधबारदेखि छलफल !
वहुप्रतिक्षित राष्ट्रिय चिकित्सा विधेयकमाथिको संशोधनमा बुधबारदेखि छलफल !
डोनल्ड ट्रम्पले अमेरीकालाइ नै यसरी चकित पारे
डोनल्ड ट्रम्पले अमेरीकालाइ नै यसरी चकित पारे
मोहनविक्रम सिंहले गरे शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणका लागि आव्हान
मोहनविक्रम सिंहले गरे शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणका लागि आव्हान
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको तयारी, क कस्को साथ
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको तयारी, क कस्को साथ
गगन थापाको आक्रामक टिप्पणी-केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनैपर्ने भएको छ
गगन थापाको आक्रामक टिप्पणी-केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनैपर्ने भएको छ
पुस १५ गतेबाट श्रम स्वीकृति लिन काठमाडौं धाउन नपर्ने
पुस १५ गतेबाट श्रम स्वीकृति लिन काठमाडौं धाउन नपर्ने
पल शाह:रहरले होइन, अवसरले हिरो
पल शाह:रहरले होइन, अवसरले हिरो