चितवन २ मा सर्वदलीय बैठक जारी
सारांश
- काठमाडौं ।
- प्रतिनिधि सभा उपनिर्वाचनअन्तर्गत चितवन–२ मा मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक सुरु भएको छ ।
- बिहान ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको भए पनि झण्डै २ घण्टा ढिला गरी बैठक सुरु गरिएको हो ।
काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचनअन्तर्गत चितवन–२ मा मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक सुरु भएको छ । बिहान ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको भए पनि झण्डै २ घण्टा ढिला गरी बैठक सुरु गरिएको हो ।
स्रोतका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मात्रै मतगणना सुरु गरिने भएको छ ।
कांग्रेसले त्यहाँ रास्वपाका उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै त्यसको निर्क्यौल भएपछि मात्रै बाँकी प्रक्रिया अगाडि बढाउनुपर्ने अडान राखेको छ ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन–२ मा रास्वपाका रवि लामिछाने विजयी भएका थिए। तर नागरिकता विवादमा सर्वोच्चको फैसलापछि पद गुमाएका कारण पुनः निर्वाचन भएको हो।
यहाँ रास्वपाका रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने लगायतका उम्मेदवार छन्।
प्रतिक्रिया