चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्

सारांश

  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने घोषणा गरेका छन् ।
  •  प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
  • केसीले नेपालमा फेरि ज्ञानेन्द्र शाह राजा बन्ने समेत दाबी गरेका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने घोषणा गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । केसीले नेपालमा फेरि ज्ञानेन्द्र शाह राजा बन्ने समेत दाबी गरेका छन् । केसीले नेपालमा संघीय व्यवस्था असफल र नालायक नै भैसकेको पनि दाबी गरे ।

नेपालको सामाजिक बनावट र नेपाली नेताको चरित्र अनुसार पनि यो व्यवस्था सुहाउँदो नभएको उनको भनाई छ । ज–जसले संघीयतालाई बोकेर हिँडेका छन्, उनीहरुको भित्री मनमा पनि यो खासै रुचिको विषय नभएको केसीले टिप्पणी गरे । नेपाली जनताले चाँडै संघीय व्यवस्था खारेजी गर्न लागेको पनि उनले सनसनीपूर्ण दाबी गरे ।

उनले वर्तमान प्रधानमन्त्री ओलीलाई ५ वर्षको लागि जनताले प्रधानमन्त्री चलाउनको लागि मतदान गरेको सुनाउँदै ओलीले पाँचै वर्ष सरकार चलाउन पाउने वा नपाउने भन्ने कुरा नेकपा भित्रको मामिला भएको जनाए ।

हुथी विद्रोहीद्वारा साउदी विमानस्थलमा आक्रमण
रियाद। साउदी अरेबियाको दक्षिणमा रहेको अभा विमानस्थलमा यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेका छन्। आक्रमणबाट एक जना सिरियाली नागरिकको मृत्यु हुनुका साथै अरु २१ जना घाइते भएको साउदी अधिकारीहरुले बताएका छन्।
इरानसँगको तनाब बढिरहेका समयमा यमनी विद्रोहीले आक्रमणलाई तिब्र बनाएका छन्। पछिल्लो आक्रमणबाट म्याकडोनाल्डको एक पसलका साथै १८ वटा सवारी साधनमा क्षति पुगेको छ ।

यमनका हुथी विद्रोहीलाई इरानको समर्थन रहेको बताइन्छ । विमानस्थलमा गरिएको आक्रमणबाट घाइते भएकाहरुमा साउदी अरेबिया, इजिप्ट, भारत र बंगलादेशका नागरिकहरु रहेका छन् । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

विद्रोहीले सञ्चालन गरेको अल–मासिराह टिभीले अभा र जिजान विमानस्थलमा ड्रोनबाट आक्रमण गरिएको दाबी गरेको छ। साउदी अरेबियाले भने जिजान विमानस्थलमा भएको आक्रमणबारे केही उल्लेख गरेको छैन। जुन १२ मा पनि अभा विमानस्थलमा हुथी विद्रोहीले ड्रोनबाट आक्रमण गरेका थिए। उक्त आक्रमणबाट २६ जना घाइते भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?