राष्ट्रिय सभामा लान प्रधानमन्त्री ओलीले नमानेपछि वामदेवको नयाँ अस्त्र

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
राष्ट्रिय सभामा लान प्रधानमन्त्री ओलीले नमानेपछि वामदेवको नयाँ अस्त्र

सारांश

  • काठमाडौं, १८ फागुन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बस्नुपर्ने नियमित क्याबिनेट आइतबार साँझ डाके ।
  • मृगौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनुपर्ने भन्दै उनले क्याबिनेट डाकेर महत्वपूर्ण निर्णयहरु गरे तर पार्टीले गरेको एउटा निर्णय कार्यान्वयन गरेनन् ।

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बस्नुपर्ने नियमित क्याबिनेट आइतबार साँझ डाके । मृगौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनुपर्ने भन्दै उनले क्याबिनेट डाकेर महत्वपूर्ण निर्णयहरु गरे तर पार्टीले गरेको एउटा निर्णय कार्यान्वयन गरेनन् । नेकपा सचिवालयको त्यो निर्णय थियो उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनितका लागि राष्ट्रपतिसमक्ष सरकारले सिफारिश गर्ने ।

ओली अर्थमन्त्री डा. युवराज खतिवडालाई मनोनित गर्न चाहन्छन् । तर, पार्टीले उनलाई बाँधिदिएको छ । त्यसपछि ओलीले कसैका बारेमा पनि हिजो निर्णय लिएनन् । खतिवडाको राष्ट्रिय सदस्य पद मंगलबारबाट सकिदैछ । २१ फागुनबाट नयाँ सदस्यहरुले सपथ लिनेछन् । तर, मनोनित सदस्यको पद खाली नै हुने अवस्था बनेको छ । ओली आज अस्पताल भर्ना हुने भएकाले मनोनितको टुंगो लाग्न समय लाग्ने देखिइसकेको छ । यसको अर्थ अब वामदेव रोकिन पनि सक्छन् ।

ओलीको अस्पताल भर्नाले वामदेवको विषय पनि ओझेलमा पर्दै जाने देखिएको छ । यसले केही समयका लागि भएपनि नेकपा विवाद साम्य भएको छ । तर, वामदेव चुप लागेर नबस्ने बुझिएको छ । ओलीले लिंगरिंग गर्नथालेको भन्दै कडा रुपमा प्रस्तुत हुने रणनीति बनाएका छन् ।

ओलीले नेकपा सचिवालयको निर्णयलाई समेत चुनौती दिइसकेका छन् । यसबाट उनी पार्टीमा निकै प्रभावशाली रहेको र आफ्नो निर्णयमा चल्न सक्ने सन्देश प्रवाह गरेका छन् । उता सचिवालयको निर्णय ओलीले नमानेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी केही नेताहरुबाट आइरहेको छ । वामदेवले यो बीच कुनै न कुनै अस्त्र तयार गर्ने विश्वस्त स्रोतले जनाएको छ । त्यो अस्त्रले नेकपाभित्र र बाहिरको राजनीतिमा समेत दुरगामी असर गर्ने बुझिएको छ ।

(centralpointeacademy.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप इतिहास : जुत्ता र बुट लगाउन नसक्दा भारत ले विश्वकप नै छाड्यो !
विश्वकप इतिहास : जुत्ता र बुट लगाउन नसक्दा भारत ले विश्वकप नै छाड्यो !
चिनियाँ लगानीकर्तामा उत्साह, नेपाललाई के फाइदा होला ? नेपाल-चीन वार्ताः सकारात्मक,,
चिनियाँ लगानीकर्तामा उत्साह, नेपाललाई के फाइदा होला ? नेपाल-चीन वार्ताः सकारात्मक,,
साफ यू-१७: श्रीलंकामाथि नेपालको फराकिलो जित
साफ यू-१७: श्रीलंकामाथि नेपालको फराकिलो जित
‘चिफ साब’ काे नाममा असुल्दै यी उपरथी  ‘साब’, जर्नेलको असुलीले बदनाम हुँदै फास्ट ट्रयाक,
‘चिफ साब’ काे नाममा असुल्दै यी उपरथी ‘साब’, जर्नेलको असुलीले बदनाम हुँदै फास्ट ट्रयाक,
पहिलो चरणको नतिजामा एमाले सबैभन्दा ठूलो दल हुने पक्का
पहिलो चरणको नतिजामा एमाले सबैभन्दा ठूलो दल हुने पक्का
प्रधानन्यायाधीशको सिफारिसमाथि नै कानुनी प्रश्न, नियुक्ति पनि ‘अन्योल’मा
प्रधानन्यायाधीशको सिफारिसमाथि नै कानुनी प्रश्न, नियुक्ति पनि ‘अन्योल’मा
दाहाल भन्छन् : प्रतिबद्धता लागू गरेरै छाड्छौँ
दाहाल भन्छन् : प्रतिबद्धता लागू गरेरै छाड्छौँ
ओंठको कालोपन हटाउने घरेलु तरिका
ओंठको कालोपन हटाउने घरेलु तरिका
Karishma Tanna’s first look as Madhuri Dixit from Ranbir Kapoor’s Sanju is out!
Karishma Tanna’s first look as Madhuri Dixit from Ranbir Kapoor’s Sanju is out!
जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्छ :  मन्त्री थापा
जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?