चिनौं नयाँ सभामुख

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ६, २०७९
|
|
४१ पटक हेरिएको
Shares
चिनौं नयाँ सभामुख

सारांश

  • काठमाडौं।
  • प्रतिनिधि सभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भएका छन् ।
  • प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो ।

काठमाडौं।प्रतिनिधि सभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा एक सय मत खसेको थियो। मतदानमा दुई सय ६८ले भाग लिएका थिए। एक जनाले मत दिएनन् ।

विसं २०१३ मा ताप्लेजुङमा जन्मिएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए। उनी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए। उनले विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरेका थिए। उनी विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य थिए।

घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरेका थिए। हाल उनी एमालेको स्थायी समिति सदस्य र प्रदेश नं १ को इञ्चार्ज छन् ।

संक्षिप्त परिचय

नाम : देवराज घिमिरे
ठेगाना : अर्जुनधारा नगरपालिका वडा नम्बर ६, झापा
जन्मस्थान : सिरिजंघा गाउँपालिका वडा नम्बर ३ सिकैचा, ताप्लेजुङ
जन्ममिति : २०१३ साल जेठ १३ गते
बुवाको नाम : पदमप्रसाद घिमिरे
आमाको नाम : भिमकुमारी घिमिरे
वैवाहिक स्थिति : विवाहित
श्रीमतीको नाम : टिकादेवी बस्नेत (घिमिरे)
शैक्षिक योग्यता : स्नातक

बाल्यकाल र शैक्षिक अवस्था
ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका वडा नं ३ मा बुबा पदम प्रसाद घिमिरे र आमा भिमकुमारी घिमिरेको कोखबाट १२ जना छोराछोरीमध्ये माइलो छोराको रुपमा वि.सं. २०१३ साल जेठ १३ गते देवराज घिमिरेको जन्म भएको थियो ।

निम्न मध्मम परिवारमा जन्मिएका घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुवात गरी ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाई स्कुलबाट वि.सं.२०२९ सालमा एस.एल.सी उत्तीर्ण गरेका थिए। धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आई.ए. र त्रिचन्द्र क्याम्पस काठमाडौंमा स्नातक अध्ययन गरेका हुन् ।

राजनीतिमा प्रवेश
वि.सं. २०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएका हुन् ।

२०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँ–गाउँ पुगेर पार्टीको संगठन निर्माणमा खटिनुभएका घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरे।

राजनीतिक जिम्मेवारी
२०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका घिमिरेले आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक जिवनमा पाएका जिम्मेवारीहरु–
– २०३५ साल पुस ११ गते कम्युनिष्ट घटकहरु मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक,
– २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख,
– २०४९ सालमा नेकपा माले र नेकपा एकीकृतको एकीकरण पछि सम्पन्न नेकपा (एमाले) को पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य,
– २०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज,
– २०५८ सालमा केन्द्रीय विभाग अन्र्तगत स्वास्थ्य विभागको इन्चार्ज । त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्ज,
– २०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्ष,
– २०७८ सालमा सम्पन्न नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्ज,
(भूमिगत राजनीतिमा पञ्चायती शासकले उहाँको राजनीतिक गतिविधि नियन्त्रणका लागि पटक पटक पक्राउ पूर्जी जारी गरेको)

मोर्चाको जिम्मेवारी
– २०५६ सालमा राष्ट्रिय सभा सदस्य,
– २०७९ मा प्रतिनिधि सभा सदस्य ।

राजनीतिक त्याग र सफलता
– भूमिगत कालमा २०३५ साल देखि २०४६ साल सम्म संगठन र नेतृत्व गरेका जिल्लाहरु तेह्रथुम, पाँचथर र इलाम आजसम्म कम्युनिष्टको मजबुत संगठन सहितको किल्लाको रुपमा स्थापित भएका छन् ।
– २०४८ सालमा भएको आम निर्वाचनमा इलाम जिल्लामा आपफू पाएको टिकट अर्को नेतालाई प्रदान गरेर पार्टीको जीत निश्चित गर्न गरेको त्यागको परिणाम आजसम्म पार्टी लगातार विजयी भएको छ ।
– २०५४ सालमा मेची अञ्चल इन्चार्ज भएको बेला सम्पन्न स्थानीय चुनावमा मेची अञ्चलका सबै जिल्ला विकास समिति र तीन चौथाइ भन्दा बढी स्थानीय तहहरुमा पार्टी जिताउन सफल ।
– प्रदेश नं एक इन्चार्ज भएको बेला २०७९ सालमा सम्पन्न स्थानीय चुनावमा प्रदेश नं एकमा पाँचदलीय गठवन्धनको घेरा तोड्दै कुल ५८६४ जनप्रतिनिधि मध्ये सबैभन्दा धेरै २६८५ प्रतिनिधिहरु नेकपा एमालेबाट विजयी गराउन सफल ।
– २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभामा प्रत्यक्ष तथा समानुपातिक दुवै चुनावमा प्रदेश नं १ मा नेकपा एमाले पहिलो दल बनाउन सफल
– २०७९ सालको चुनावमा हाल सम्मको इतिहासमा कहिल्यै नजितेको सोलुखुम्वु जिल्लामा ५ दलीय गठबन्धनलाई हराउँदै नेकपा एमालेलाई विजयी गराउन सफल ।
– पहिलो पटक झापा क्षेत्र नं २ बाट उम्मेदवार बन्दा पाँचदलीय गठवन्धन स्वतन्त्र लगायत सबैको घेरा तोडेर प्रतिनिधि सभा तथा प्रदेश सभाका दुवै स्थानमा सानदार जीत निकाल्न सफल ।
– मदन भण्डारी फाउण्डेसनको कार्यालय प्रमुख भएर फाउन्डेसनको विस्तार र विकास ।

स्वभाव
– आफ्ना विचारहरु स्पष्ट रुपमा राख्ने ।
– पार्टी अनुशासनलाई आत्मसात गर्ने ।
– पार्टी नेतृत्वको विश्वास पात्र ।
– सबैसँग सम्मानपूर्ण व्यवहार गर्ने ।
– प्रचार प्रसार भन्दा वढी काममा केन्द्रित हुने ।
– पार्टीले दिएको जस्तो सुकै जिम्मेवारी पनि सहज रुपमा वहन गर्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?