चिया पसलमा भेटिन थाले प्रकाशमान

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
२०
|
२४ पटक हेरिएको
Shares
चिया पसलमा भेटिन थाले प्रकाशमान

सारांश

  • काठमाडाै, २७ जेठ ।
  • बिहान करिब साढे सात बजे पूर्वमन्त्रीहरु राजेन्द्र खरेल, होमनाथ दाहाल लगायतले चिया पिइरहेका थिए ।
  • वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, सांंसद राधेश्याम अधिकारी, पूर्वसचिव खेमराज रेग्मी लगायत त्यही चिया पसलभित्र थिए ,कांग्रेस नेता प्रकाशमान सिंह बिहानै नयाँबानेश्वरको एक चिया पसलमा पुगे ।

काठमाडाै, २७ जेठ । बिहान करिब साढे सात बजे पूर्वमन्त्रीहरु राजेन्द्र खरेल, होमनाथ दाहाल लगायतले चिया पिइरहेका थिए । वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, सांंसद राधेश्याम अधिकारी, पूर्वसचिव खेमराज रेग्मी लगायत त्यही चिया पसलभित्र थिए ,कांग्रेस नेता प्रकाशमान सिंह बिहानै नयाँबानेश्वरको एक चिया पसलमा पुगे । नमस्कार गर्दै सिंह लक्ष्मी दिदीको चिया पसलमा प्रवेश गर्दा चिया पिउँदै गफमा मस्त भएका कतिपय अचम्मित परेर हेरिरहे, कतिपयले नमस्कार फर्काए ।एक आपसको सञ्चाे बिसन्चो सोधेर औपचारिकता पूरा गरेपछि सुरु भयो अर्को चरणको राजनीतिक गफगाफ ।

चिया पसलमा सहभागीहरुले प्रकाशमान सिंह समक्ष वर्तमान राजनीतिक अवस्थामा कांग्रेसको भूमिकाको आलोचना मात्रै गरेनन् केही सुझावहरु पनि दिए।
होमनाथ दाहालले भने, ‘आफूआफूमा लडेर कमजोर हुनुभयो तपाईंहरु, यस्तै अवस्था हो भने अहिले दोस्रो भएको कांग्रेस अर्को चुनावमा कहाँ पुग्ने हो थाहा छैन ।’

उनीहरुले प्रतिपक्षको जस्तो भूमिका खेल्न नसकेको भनेर आलोचना गरे । ‘न संसदीय दलको बैठक बस्छ, न समयमा उपयुक्त निर्णय लिन्छ, प्रतिपक्षमा भएको जस्तो पर्फमेन्स कांग्रेसको देखिएन,’ प्रकाशमानसँग कुराकानी गर्नेहरुको साझा भनाइ थियो, ‘सरकारले बाटो बिराउन खोजेमा प्रतिपक्षले सही बाटोमा ल्याउने भएकाले कांग्रेसको भूमिका सशक्त हुनुपर्छ ।सिँहले सही थप्दै कांग्रेसलाई सुधार गर्न आफू क्रियाशील रहेको बताए । उनले भने, ‘बीपी, गणेशमान, किसुनजीको पालाको जस्तै सशक्त कांग्रेस बनाउन हामी क्रियाशील छौं ।’

उनले भने, ‘म आफै कुनै विषयको विज्ञ होइन, त्यसैले तपाईंहरुको सुझाव लिएर अघि बढ्न आजबाट अभियान सुरु गरेको छु । मैले के गर्नुपर्छ, रचनात्मक सुझाव दिनुहोला र आलोचना पनि गर्नुहोला ।’ केही समयको गफगाफ पछि प्रकाशमान सिह कालो चिया पियर त्यहाँबाट हिँडे। सार्वजनिक स्थलहरुमै पुगेर जनतासँग प्रत्यक्ष भेटवार्ता गर्ने अभियान सुरु गर्ने तयारीमा रहेछन उनी ।

‘सधैं औपचारिक कार्यक्रममा गएर हुँदैन । वौद्धिक वर्गलाई प्रत्यक्ष भेटेर सुझाव लिने र जनताको, र मतदातालाई पनि भेटेर उनीहरुका समस्या समाधान गर्न पहल गर्ने उद्देश्यले प्रकाशमानले हप्ताको दुई दिन सोमबार र शुक्रबार यसैगरी सार्वजनिक स्थलमै पुगेर भेटवार्ता गर्ने कार्यक्रम तालिका बनाएका उनका सहयोगी युपी लामिछानेले बताए। निर्वाचनको बेलामा जस्तै बिजुलीबजारस्थित सम्पर्क कार्यालयमा पुगेर कार्यकर्ताहरुसँग पनि प्रत्यक्ष भेटघाट जारी रहेको लामिछानेले जानकारी दिए ।

प्रकाशमानले लक्ष्मी दिदीको चियापसलमा करिब आधा घण्टा बिताएका थिए । उनले स्थानीयको विवादका कारण एभरेष्ट होटल पछाडिको आधा पिच भएको र आधा नभएको बाटोको अवलोकन पनि गरेका थिए । उनीहरु गएपछी चिया पसलमा भएका हरु मध्ये बाट केही ले भने सदैभरी चिल्लो गाडीमा सरसर हिडने यी गणेशमान का छोरा लाई आज बाट के भएछ ?

उत्त्र पनि फटाफट आउन थाल्याे ,के गर्नु त सिंहदरबार मा मन्त्रि हुन पाएनन ,सांसद भबन भित्र बोल्न पाउदैनन तेही भयर होला नि ? अनि मेरो साथी पनि फटाफट म सग फेसबुक मा यो लेख लेखेर आफ्नो काम मा गयो।

(स्राेत:  राज रावत काे फेसबुक बाट)

प्रतिक्रिया

20 कमेन्ट

    Comment Author

    Bijay Yadav

    Ke garosaaaa ta

    Comment Author

    Durga Ghimire

    Kgarane kingrasko arko chunabama 4 5 sit badema

    Comment Author

    Mukti Rai

    काम बिहिन…हुनु भएछ।

    Comment Author

    Sanjeev Shrestha

    K kam xa ra

    Comment Author

    Deepak Man Sainju

    अब यी नेताहरु चिया पसलमा मात्र हैन भट्टिमा पनि भेट हुनेदिन अाउँ छ ।

    Comment Author

    Raju Adhikari

    अब म:म पसल खाेलेर ब्यापार गरनेरे????

    Comment Author

    च्यावाको छोरा कर्मा

    अब १,२ बर्षपछी चिया पसल हैन भट्टी पसलतिर भेटिन्छ काँग्रेसका नेताहरु

    Comment Author

    Ajita Prasai

    fivestar ma khane din sakiye kai ho ta….baraa …?

    Comment Author

    Sunil Np

    Janata sangha side kura garnu parxa ramro

    Comment Author

    Karan Thami

    ब्यंग्य चै dami हानेछ साथिहरुले

    Comment Author

    Kiran Bomjon

    Alikdin pxi vushyaha kukur hidne glli2 ma vetinx khate Chor daka Kalo congressi gttixadaharulai

    Comment Author

    Dharmaraj Lekali

    अहिले त चिया पसलमा भेटिय बामपन्थी सरकारले राम्रो काम गर्दै गरेमा ति पसलमा त के भेट नै हुन गाह्रो छ

    Comment Author

    Damodar Dahal

    ठीक । सही प्रतिनिधी हुन

    Comment Author

    Gajendra Charan Sharma

    Mantry rahena fursadai fursad hola

    Comment Author

    Naresh Baniya

    यो समय बीहान को हो ।
    बेलुका त भट्टीमा हुन पनि सक्छ।

    Comment Author

    Ajay Neupane

    Jay nepal

    Comment Author

    Gajen Khimbu

    अब कपडा पसल सुरु गरे भयो प्रकाश मान जिउ राजनीति सकियो जस्तो काङ्ग्रेस जिउ हरुको झन अर्को चुनाव ले त प्रतिनिधि मा दुई जना पनि गाह्रो छ पुग्न

    Comment Author

    Birendra Chhetri

    अरु के काम भयो त अब लुट्ने ठाउँ खोसिदियो दैबा ले

    Comment Author

    Pramesh Bishwas

    Good job

    Comment Author

    Rai Upendra

    haha honi maileni dekheko

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 20
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?