कामिनीको पद थाम्न को को गर्दैछन दौडधुप ?
सारांश
- काठमाडौं, १४ जेठ ।
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी संग सरकारले २०७५ बैशाख २४ को मन्त्रिपरिषद्ले ७ दिने स्पष्टीकरण लिने निर्णय गरेको थियो ।
- तर राजभण्डारी संग ७ दिने स्पष्टीकरण लिएको २१ दिन बितिसक्दा पनि सरकार चुपचाप छ ।
काठमाडौं, १४ जेठ । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी संग सरकारले २०७५ बैशाख २४ को मन्त्रिपरिषद्ले ७ दिने स्पष्टीकरण लिने निर्णय गरेको थियो ।
तर राजभण्डारी संग ७ दिने स्पष्टीकरण लिएको २१ दिन बितिसक्दा पनि सरकार चुपचाप छ ।
सरकारले उनलाई हटाउने योजना अन्तर्गत टेलिकम संचालक समितिले ७ दिने स्पष्टीकरण सोध्न सिफरिस गरेको थियो । २१ दिन बितिसक्दा पनि उनलाई थप स्पष्टीकरण नलिएपछि कामिनी हटाउने कदमबाट केपी ओली सरकार दलालहरुको दवावमा परे पछि हटेको चर्चा सुरु भएको छ ।
नेकपाका स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री निकट हेटौंडाका इन्जीनीयर राम थापा नामक बीचौलिया कामिनी राजभण्डारीलाई थमौती गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पुगेपछि थप स्पष्टीकरण लिने प्रक्रिया अवरुद्ध हुनपुगेको स्रोत बताउछ ।
टेलिकमका टेण्डरमा हुवावेलगायतका विभिन्न ठेक्कापट्टाको काममा बीचौलियाको काम गरी यथेष्ट फाइदा लिनेमा थापा पर्दछन् । उनले संचार मन्त्रालयको सचिवमा दिनेश थपलियालाई ल्याउन पहल गर्दैआएको स्रोत बताउछ । तर, संचार राज्यमन्त्री गोकुल बाँस्कोटाले नरुचाएकाले पनि थापाको प्रयास सार्थक हुन नसकेकाे साँघु साप्ताहिकमा खबर छ । कामिनीलाई थमौती गर्नका लागि राम थापाले प्रधानमन्त्री केपी ओलीसंग काभ्रेका एक विवादास्पद पृष्ठभूमिका ब्यक्तिमार्फत् २ पटक भेट गरिसकेको खबर छ । प्रधानमन्त्री ओलीसंग राम थापाको भेटपछि कामिनीलाई पुनः स्पष्टीकरण सोध्ने प्रक्रिया नै स्थगित भएको स्रोत बताउछ । यी राम थापाले माओवादीका पूर्व गृह मन्त्रीको आडमा प्रहरीका सरुवा बढुवामा बीचौलियाको काम गरी मनग्य फाइदा लिएको गृहका अधिकारी बताउंछन्।
प्रधानमन्त्री ओली र संचार मन्त्री गोकुल बाँस्कोटा कामिनीलाई हटाउने पक्षमा भएकैले स्पष्टीकरण सोधिएको र अहिले कामिनी हटाउ अभियान किन गुपचुप भन्ने चर्चा संचार मन्त्रालयतिर हुने गरेको छ । तर बीचौलिया थापाको चलखेलपछि थप स्पष्टीकरण नलिएपछि कामिनीको थमौती पो भएको होकि भन्ने चर्चा सुरु भएको छ ।
आफूलाई ठेकेदार बताउने बीचौलिया राम थापाले कामिनीलाई ऊर्जामन्त्री बर्षमान पुनदेखि जनार्दन शर्माहरुकोमा पनि लगिसकेको स्रोत बताउछ । कामिनीले ७ दिने स्पष्टीकरण संचार मन्त्रालयमा बुझाइसकेकी छिन् । तर त्यसपछि उनीसंग थप स्पष्टीकरण मागिएको छैन ।
टेलिकमले पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने ठेक्का दिएको १ बर्षसम्म काम नै सुरु गर्न नसकेको, काठमाडौं र पोखरामा फोरजीको ठेक्का दिने क्रममा टेण्डर नगरी अपारदर्शीरुपमा दिएको आरोप लगाउँदै कामिनीसंग सरकारले ७ दिने स्पष्टीकरण सोधेको थियो । त्यसका अलावा देशभर फोरजी सेवाका लागि हुवावेलाई नै ठेक्का दिनेगरी लागत स्टीमेट पचासौं गुणा बढाई अरबौं भ्रष्टाचार गर्न खोेजेको आरोप पनि कामिनीमाथि छ ।
नेपाल दूरसंचार प्राधिकरणको ग्रामीण दूरसचार कोषबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने जिम्मा लिएको टेलिकमले ठेक्का दिएको कम्पनीले काम सुरु नै गर्न सकेको छैन । ठेक्का दिएको १ बर्षसम्म काम सुरु नै नहुँदा पनि ठेकेदारमाथि कारबाही गरिएको छैन ।
कामिनीलाई थमौती गर्नका लागि अन्जान शाक्यलगायतका केही पूर्व एमाले महिला नेतृहरु प्रधानमन्त्री केपी ओलीकोमा हारगुहार गर्दैआएका छन् ।
Bishwo Gauchan
Arrest those who want to save a corrupt burocrat.
Prasad Lila
अब यो सरकार ले जागिर थमाउने दोउड थुप गर्ने प्रथा को अन्ते गर्नु पर्छ
Ratna Ghising
Paiso bhaneko tehi thauma xa.aakha herana 3 netra k