चीनको यो निर्णयले नेपालमा फैलियो त्रास
सारांश
- चीनमा बाघको हड्डी र गैडाको खागको आन्तरिक प्रयोगमा रहेको प्रतिबन्ध खुल्ला भएपछि यसको असर नेपालमा पनि देखिने भएको छ ।
- चीनको यो पछिल्लो निर्णयले नेपालमा संरक्षित जनावरको सूचिमा रहेका बाघ र गैडा तस्करी बढ्न सक्ने चिन्ता व्यक्त भएको छ ।
- पछिल्लो केही समययता नेपालमा बाघ र गैडा तस्करी लगभग शुन्यमा पुगेको थियो ।
चीनमा बाघको हड्डी र गैडाको खागको आन्तरिक प्रयोगमा रहेको प्रतिबन्ध खुल्ला भएपछि यसको असर नेपालमा पनि देखिने भएको छ । चीनको यो पछिल्लो निर्णयले नेपालमा संरक्षित जनावरको सूचिमा रहेका बाघ र गैडा तस्करी बढ्न सक्ने चिन्ता व्यक्त भएको छ । पछिल्लो केही समययता नेपालमा बाघ र गैडा तस्करी लगभग शुन्यमा पुगेको थियो ।
तर चीनले आन्तरिक प्रयोगमा बाघको हड्डी र गैडाको खाग प्रयोगमा प्रतिबन्ध हटाए पछि यी जनावरको तस्करी बढ्न सक्ने सम्भावना देखिएको छ । विभिन्न समयमा नेपालमा समातिएका संरक्षित वन्यजन्तुका अंग चीनतर्फ तस्करी हुने गरेको उद्धाहरण विगतमा छ ।
चीनको यो पछिल्लो निर्णयसँगै नेपालमा वन्यजन्तुको संरक्षणमा चूनौति थपिने निश्चित भएकाले नेपालले थप सतर्कता अपनाउनु पर्ने राय विज्ञहरुले दिएका छन् । चीनसँग सीमा जोडिएका नाकाहरुमा सुरक्षा व्यवस्था कडा बनाउन समेत उनीहरुले सुझाव दिएका छन् ।
प्रतिक्रिया