मेलम्ची खानेपानीका ठेकेदारको धरौटी जफत गर्न सरकारलाई बाटो खुला

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
मेलम्ची खानेपानीका ठेकेदारको धरौटी जफत गर्न सरकारलाई बाटो खुला

सारांश

  • काठमाडौं ।
  • उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसीले काम छोडेर भाग्न खोजेमा धरौटी जफत गर्न सरकारलाई बाटो खुला गरेको छ ।
  • उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना र कृष्णबहादुर थापाको संयुक्त वाणिज्य इजलासले रकम जफत गर्ने सरकारको निर्णय रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सरकारलाई धरौटी जफत गर्ने बाटो खुला भएको हो ।

काठमाडौं । उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसीले काम छोडेर भाग्न खोजेमा धरौटी जफत गर्न सरकारलाई बाटो खुला गरेको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना र कृष्णबहादुर थापाको संयुक्त वाणिज्य इजलासले रकम जफत गर्ने सरकारको निर्णय रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सरकारलाई धरौटी जफत गर्ने बाटो खुला भएको हो ।

अदालतको आदेशमा सरकारसँगको वार्तापछि सिएमसी काममा फर्केकाले अहिले अन्तरिम आदेश जारी गर्न नपर्ने र काम नगर्ने कम्पनीको धरौटी रकम सरकारले असुल गर्ने प्रक्रिया अवलम्बन गर्न सक्ने उल्लेख छ ।

सिएमसी कम्पनीले धरौटी जफत गर्ने सरकारको निर्णय कार्यान्वयन गर्ने आदेशको माग गर्दै दर्ता रिट निवेदनमाथि त्यही इजलासले पुस ५ र ८ गतेको सुनुवाइपछि अन्तरिम आदेश जारी गरेको थियो ।

सिएमसीले मेलम्ची खानेपानी आयोजनालाई करीब दुई हप्ताअघि नै सम्झौता रद्द गर्ने सूचना दिएको थियो । आयोजना निर्माणको ९० प्रतिशत काम सम्पन्न भइसकेका बेलामा कम्पनीका कर्मचारीहरुले भाग्ने तयारी गरेपछि सरकारले आठ जनाको राहदानी खोसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१५ वर्ष जेल जीवन बिताएका रामचन्द्र पौडेल अन्ततः देशको अभिभावक
१५ वर्ष जेल जीवन बिताएका रामचन्द्र पौडेल अन्ततः देशको अभिभावक
एमाले र माओवादीको झडप, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो !
एमाले र माओवादीको झडप, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो !
स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता
स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता
गाडी ब्याक गर्दा किचेर ज्यान गयो
गाडी ब्याक गर्दा किचेर ज्यान गयो
इटहरीका मेयरको आयो कडा चेतावनी, भन्छन् ‘अब लात्तै लात्तले हान्छु’
इटहरीका मेयरको आयो कडा चेतावनी, भन्छन् ‘अब लात्तै लात्तले हान्छु’
देश, जनता, लोकतन्त्र र संविधान रक्षाका लागि चुनावमा लाग्नुस् : राष्ट्रपति पौडेल
देश, जनता, लोकतन्त्र र संविधान रक्षाका लागि चुनावमा लाग्नुस् : राष्ट्रपति पौडेल
जनतामा स्वच्छ खानेपानी पु¥याउन विकास तथा प्रविधि समितिको निर्देश !
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
अाज असार १७ गते: कहाँ के-के घटना घटे?
अाज असार १७ गते: कहाँ के-के घटना घटे?
फोरमका पूर्वशर्त मानेर सरकारमा ल्याए जनतामाथि ठूलो विश्वासघात : मोहनविक्रम सिंह
फोरमका पूर्वशर्त मानेर सरकारमा ल्याए जनतामाथि ठूलो विश्वासघात : मोहनविक्रम सिंह

तपाईंले छुटाउनुभयो कि?