प्रहरीले घुस मागे ९८५१२-०५५५५ मा फोन गर्नुहोस्

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
५३ पटक हेरिएको
Shares
प्रहरीले घुस मागे ९८५१२-०५५५५ मा फोन गर्नुहोस्

सारांश

  • ‘तपाईको एरियामा कुनै प्रहरीले घुस खादै गरेको छ, अथवा डिउटीको कर्तव्य निभाएको छैन भने सिधै मलाई फोन गर्नुहोस्, त्यसको ५ मिनेट भित्र त्यस्ता प्रहरीको बर्दी उत्रिनेछ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व पोखरेलले घुस खाने प्रहरी विरुद्धमा उजुरी गर्न नागरिकलाई आग्रह गरेका छन्।
  • आर्थिक लालसमा फसेका प्रहरी कर्मचारीकै कारण काठमाडौंको शान्ति सुरक्षामा प्रतिकुल असर परेको पोखरेललको भनाई छ।
  • ‘आर्थिक लोभमा फसेका कर्मचारीकै कारण अपराधिको मनोबल बढाएको छ।

‘तपाईको एरियामा कुनै प्रहरीले घुस खादै गरेको छ, अथवा डिउटीको कर्तव्य निभाएको छैन भने सिधै मलाई फोन गर्नुहोस्, त्यसको ५ मिनेट भित्र त्यस्ता प्रहरीको बर्दी उत्रिनेछ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व पोखरेलले घुस खाने प्रहरी विरुद्धमा उजुरी गर्न नागरिकलाई आग्रह गरेका छन्।

आर्थिक लालसमा फसेका प्रहरी कर्मचारीकै कारण काठमाडौंको शान्ति सुरक्षामा प्रतिकुल असर परेको पोखरेललको भनाई छ।

‘आर्थिक लोभमा फसेका कर्मचारीकै कारण अपराधिको मनोबल बढाएको छ। त्यसैले शान्ति सुरक्षा कायम गर्न पहिलो प्रहरी चोखो बस्नुपर्छ अनिमात्र अरूतिर औला तेर्स्याउन सकिन्छ,’ उनले भने, ‘प्रहरीनै भष्ट भए त्यसको फाईदा अपराधीले उठाउँछन्, तपाईँहरूले खबर गर्नुस म काम गर्छु।’

घुस खाने प्रहरी र टोल छिमेकमा भएका अपराधिक गतिविधि बारे आफुलाई खबर गर्न भन्दै एसएसपी पोखरेलले ९८५१२-०५५५५ नम्बर सार्वजनिक गरेका हुन्।

‘यो नम्बरमा सम्पर्क गर्नुहोला, तपाईँको नाम गोप्य राखिनेछ, २४ घण्टा फोन खुला हुनेछ, तपाईँको एक कलले प्रहरीलाई सुधार्ने मौका मिल्नेछ भने अपराधिलाई कानुनी कठघरमा ल्याउन सकिनेछ,’ उनले भने।

होटल रेष्टुरेन्टको पैसा खाएको भन्ने गुनासो बढीनै आउने गरेको पोखरेलको दाबी छ।

‘डिउटीमा बसेका प्रहरीले होटल तथा रेष्टुरेण्टबाट पैसा खाएको भन्ने गुनासो धेरै सुनेको छ, अब त्यस्तो काम बन्द गर्नुहोस्,’ उनले भने, ‘कानुन अनुसार तपाईँले गर्नु भएको ब्यवसायमा प्रहरीले धावा बोल्यो भने, उजुरी गर्नु कसैले पैसा मागे खबर गर्नु तपाईँको परिचय गोप्य हुनेछ। तर प्रहरीलाई प्रभाव पारी काम गर्न खोज्नुभयो भने घुस खाने प्रहरी होइन तपाईँहरूलाई पनि छुट हुने छैन।’

प्रहरीले घुस मागेको थाहा भएमा आफूलाई जानकारी दिए तीनीहरूलाई कैदी बनाउने उनले दाबी गरे।

‘अपराध नियन्त्रणमा सहज होस भन्दै सूचना संकलनका लागि खटिएका सादा पोशाकका प्रहरीले घुस मागेमा मलाई भन्नुहोला, त्यस्ता प्रहरीलाई कैदी बनाउने काम म गर्नेछु,’ उनले अगाडि भने, ‘प्रहरीलाई लोभ्याउने काम कसैले पनि नगर्नू प्रहरीलाई राज्यले तलब भत्ताको ब्यवस्था गरेको छ, सहयोग नै गर्ने मन छ भने, सार्वजनिक रुपमा घोषणा गरी सिस्टममै रहेर सहयोग गर्नुहोला।’

उनले शहरका भित्री गल्लीमा गाडी जान नसक्ने भएकाले क्यूआरटी (क्विक रेस्पन्स टीम) खटाएका भन्दै उनले यदि त्यो टिमले कतै पैसा मागे र कसैलाई दुःख दिएमा आफूलाई बखर गर्न उनले अनुरोध गरेका छन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Yadu Rana

    Tallo Rank lai matra ho ki kaso karbahi garne?? Adhikari ( Officer ) harue matra Ghush Khana Paune ho ki kaso hola ?? OM NAMAH SHIVAY

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएपछि युवा संघ एक्शनमा, सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी
अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएपछि युवा संघ एक्शनमा, सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी
जलयात्रा लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै कालीगण्डकी
जलयात्रा लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै कालीगण्डकी
चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने ……….भिडियो हेर्नुहोस् ।।
चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने ……….भिडियो हेर्नुहोस् ।।
यसो भने ४५ मिनेट ओलीसँग गफिएका बाबुरामले ?
यसो भने ४५ मिनेट ओलीसँग गफिएका बाबुरामले ?
जब म्याराडोनाले मेसीको जर्सी बोकेर हुटिङ गरिरहेका थिए …
जब म्याराडोनाले मेसीको जर्सी बोकेर हुटिङ गरिरहेका थिए …
बक्सिङ्ग रियालिटी शो हुने भयो
बक्सिङ्ग रियालिटी शो हुने भयो
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत
युरोप पठाउछु भन्दै ठग्ने पक्राउ
युरोप पठाउछु भन्दै ठग्ने पक्राउ
जेठ १ गते शनिवारको राशिफल यस्तो छ
जेठ १ गते शनिवारको राशिफल यस्तो छ
यी हुन् नेपाली पत्रकारहरुलाई अस्वीकार्य मुलुकी संहिताका बुँदा
यी हुन् नेपाली पत्रकारहरुलाई अस्वीकार्य मुलुकी संहिताका बुँदा