चीनको वुहान सामान्य बन्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १५, २०७६
|
|
३२ पटक हेरिएको
Shares
चीनको वुहान सामान्य बन्दै

सारांश

  • कोरोना भाइरसको पहिलोपटक पत्ता लागेको चीनको वुआन क्षेत्र आजबाट खुलेको छ ।
  • मानिसहरु घरबाहिर निस्कन थालेको र यात्रा समेत गरिरहेको तस्बिर सार्वजनिक भएको छ ।
  • शनिबार यात्रुहरु वुआनको रेल्वे स्टेशनमा आवतजावत गरेको तस्बिर सार्वजनिक गरिएको छ ।

कोरोना भाइरसको पहिलोपटक पत्ता लागेको चीनको वुआन क्षेत्र आजबाट खुलेको छ । मानिसहरु घरबाहिर निस्कन थालेको र यात्रा समेत गरिरहेको तस्बिर सार्वजनिक भएको छ ।

शनिबार यात्रुहरु वुआनको रेल्वे स्टेशनमा आवतजावत गरेको तस्बिर सार्वजनिक गरिएको छ । मानिसहरु मास्क लगाएर हिंडेको देखिन्छ । पहिलोपटक वुआनमा कोरोना भाइरसका संक्रमित तीन महिना अगाडि पत्ता लागेका थिए । त्यसको केही समयपछि वुआन लकडाउन गरिएको थियो । दुई महिनाभन्दा बढी लकडाउनपछि वुआनमा कोरोना भाइरस धेरै नियन्त्रणमा आएको थियो ।

हुबई प्रान्तको राजधानी वुआनमा ५० हजार कोरोना संक्रमित भेटिएका थिए । तीन हजार मानिसको मृत्यु भएको तथ्यांक छ । पछिल्लो समय वुआनमा कोरोना संक्रमण निकै घटेको छ । शनिबार ५४ नयाँ संक्रमित भेटिएकामा सबै आयातित रहेको चीनको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

वुआनमा लकडाउन खुलेपछि प्रवेश गर्न पाइने तर बाहिर निस्कन नपाइने नियम बनाइएको छ । अर्को सूचना नभएसम्मका लागि वुआनबाट कोही पनि बाहिर जान पाउनेछैनन् ।

यसैगरी, चीनले आफ्नो सीमा बन्द गरी ढुवानीबाहेक मानिसको आवतजावत् बन्द गरेको छ । भीसाहरु बन्द गरिएका छन् । कुटनीतिक भीसाबाहेक अनुमति विना कुनै पनि विदेशी चीन प्रवेश गर्न निषेध गरिएको छ ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको वुआन खुल्दा बाँकी आधा विश्व लकडाउन छ । युरोपका अधिकांश देश लकडाउन छन् । भोलिबाट रुस पनि लकडाउन हुँदैछ । दक्षिण एशियाका अधिकांश देश लकडाउन छन् । अमेरिकाको कतिपय राज्य लकडाउन छन् । लकडाउन भएका देशहरुको जनसंख्या संसारको कुल जनसंख्याको झण्डै आधा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङमा बाम गठबन्धन र नेपाली काङ्ग्रेसका युवा बीच झडप, दुईजना घाइते
दाङमा बाम गठबन्धन र नेपाली काङ्ग्रेसका युवा बीच झडप, दुईजना घाइते
‘प्रधानमन्त्री ओलीले पदत्याग र प्रायश्चित गर्नु उपयुक्त हुन्छ : डा. बाबुराम भट्टराई
‘प्रधानमन्त्री ओलीले पदत्याग र प्रायश्चित गर्नु उपयुक्त हुन्छ : डा. बाबुराम भट्टराई
प्रहरी कै कारण पर्सामा तस्करी मौलाएको जनताको गुनासो !!!
प्रहरी कै कारण पर्सामा तस्करी मौलाएको जनताको गुनासो !!!
मन्त्री गिरीद्वारा ‘जङ्गलकुटीको’ अवलोकन
मन्त्री गिरीद्वारा ‘जङ्गलकुटीको’ अवलोकन
यस्तो छ आयोगले दर्ता गरेको ललिता निवास जग्गा प्रकरणको मुद्दा
यस्तो छ आयोगले दर्ता गरेको ललिता निवास जग्गा प्रकरणको मुद्दा
साउदी अरबमा बेलुका सुतेका एक नेपाली बिहान उठेनन्
साउदी अरबमा बेलुका सुतेका एक नेपाली बिहान उठेनन्
सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन : रक्षामन्त्री खड्का
सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन : रक्षामन्त्री खड्का
तलब सुविधा दिन ८ नेपाली खोज्दै साउदी कम्पनी
तलब सुविधा दिन ८ नेपाली खोज्दै साउदी कम्पनी
मालपोतका कर्मचारी घुस सहित नियन्त्रणमा
मालपोतका कर्मचारी घुस सहित नियन्त्रणमा
फैजल खाँको दोस्रो इनिङ, बामगठबन्धनको तर्फबाट उम्मेदवार
फैजल खाँको दोस्रो इनिङ, बामगठबन्धनको तर्फबाट उम्मेदवार