सेयर बजारमा उछाल, २६ अंकले बढ्यो नेप्से

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ३, २०७६
|
|
४० पटक हेरिएको
Shares
सेयर बजारमा उछाल, २६ अंकले बढ्यो नेप्से

सारांश

  • काठमाडौं ।
  • सेयर बजारमा साताको अन्तिम दिन बिहीबार उत्साह देखिएको छ।
  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत अधिकांश कम्पनीको सेयर मूल्य बढेपछि भएपनि समग्र बजार २६ अंकले वृद्धि भई नेप्से परिसूचक १३१०.

काठमाडौं । सेयर बजारमा साताको अन्तिम दिन बिहीबार उत्साह देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत अधिकांश कम्पनीको सेयर मूल्य बढेपछि भएपनि समग्र बजार २६ अंकले वृद्धि भई नेप्से परिसूचक १३१०.२३ अंकमा पुगेको छ।
विहिबार नेप्सेमा बैंक, वित्त, जलविद्युत, उत्पादनमुलक, जीवन विमा, निर्जीवन विमा, लघुवित्त, म्युयुअल फण्ड, होटललगायतका समुहगत परिसुचक वृद्धि भएपछि समग्र बजार उकालो लागेको हो। वित्त र उत्पादनमूलक समूह ४ प्रतिशतभन्दा धेरैले बढेका छन् भने व्यापार, होटल, लघुवित्त, जीवन बिमा र म्युचुअल फन्ड समूह ३ प्रतिशतभन्दा धेरैले उकालो लागेका छन् ।
विहिबार नबिल प्रगति फन्ड, मल्टी पर्पोज फाइनान्स, आसिएफसी फाइनान्स, ग्लोबल आइएमइ लघुवित्त र तिनाउ मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै कमाएका छन् । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बजार उकालो लागेपनि १५ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
नेप्सेमा बिहीबार १८१ कम्पनीको ५० लाख २५ हजार ५६३ कित्ता सेयर १ अर्ब ६९ करोड ९९ लाख रूपैयाँमा किनबेच भएको छ । बुधबारको ९० करोड ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा विहिबार करिब ६० करोड बढेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीको दिनगन्ती शुरु भएको विप्लवको भनाइ, नेता रिहा नभए ८ गते नेपालबन्द
ओलीको दिनगन्ती शुरु भएको विप्लवको भनाइ, नेता रिहा नभए ८ गते नेपालबन्द
कर्मचारीको पहिलो रोजाई प्रदेश नम्बर ३ र ४
कर्मचारीको पहिलो रोजाई प्रदेश नम्बर ३ र ४
अब कसैले रोकेर पार्टी एकता रोकिँदैन : अध्यक्ष प्रचण्ड
अब कसैले रोकेर पार्टी एकता रोकिँदैन : अध्यक्ष प्रचण्ड
आजका मुख्य मुख्य खबरहरु  ,चुनावले बढाउँदै ‘चिन्ते’ रोग !
आजका मुख्य मुख्य खबरहरु ,चुनावले बढाउँदै ‘चिन्ते’ रोग !
नागरिकता नभए पनि राष्ट्रिय परिचयपत्र
नागरिकता नभए पनि राष्ट्रिय परिचयपत्र
जनकपुरमा मोदीलाई नागरिक अभिनन्दन गर्न तयारी
जनकपुरमा मोदीलाई नागरिक अभिनन्दन गर्न तयारी
गायिका इन्दिराको ‘तिमीले छोडी गएपछि’को म्युजिक भिडियो सार्वजनिक
गायिका इन्दिराको ‘तिमीले छोडी गएपछि’को म्युजिक भिडियो सार्वजनिक
आजबाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने
आजबाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण
अभिनेत्री शिल्पा मास्के भन्छिन् : पात्र र कलाकार फरक हुन्
अभिनेत्री शिल्पा मास्के भन्छिन् : पात्र र कलाकार फरक हुन्