एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध कारण देखाउ आदेश

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १६, २०८०
|
|
३६ पटक हेरिएको
Shares
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध कारण देखाउ आदेश

सारांश

  • काठमाडौं।
  • उच्च अदालत पाटनले एनसेलको शेयर बिक्री गर्ने मलेसियाली कम्पनी आजियाटाको निर्णयविरुद्ध दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
  • शुक्रबार न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाउ आदेश जारी गरी दुवै पक्षलाई बोलाएको हो ।

काठमाडौं। उच्च अदालत पाटनले एनसेलको शेयर बिक्री गर्ने मलेसियाली कम्पनी आजियाटाको निर्णयविरुद्ध दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

शुक्रबार न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाउ आदेश जारी गरी दुवै पक्षलाई बोलाएको हो । अन्तरिम आदेश दिने कि नदिने भन्ने बारेमा दुवै पक्षको छलफल सुनेपछि मात्रै निर्णय हुनेछ ।

यसमा के कसो भएको हो ? निवदेकको निवेदन माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? निवदेनको माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबूद प्रमाणसहित सूचना म्याद पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षी नं. १ र ४ को हकमा उच्च सरकारी वकिल कार्यालय पाटनमार्फत र अन्य विपक्षीहरुको हकमा आफैँ वा निजहरुको कानून बमोजिमको प्रतिनिधिमार्फत् लिखित जवाफ पेस गर्नुहोला भनी आदेश र निवेदनको प्रतिनिलिपिसहित विपक्षीहरुको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्नुहोला ।’ आदेशमा भनिएको छ, ‘

आजिआटाले आफ्नो स्वामित्वको ८० प्रतिशत शेयर सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेर नेपालबाट बाहिरिने निर्णय गरेपछि उक्त विषय अदालतमा प्रवेश गरेको हो ।

आजिआटा कम्पनीले सन् २०१६ मा १ अर्ब ३६ करोड अमेरिकी डलरमा एनसेलको शेयर खरिद गरेको थियो। हाल उसले ५ करोड अमेरिकी डलरमा आफ्नो स्वामित्वमा रहेको शेयर बेचेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योजनाका काम समयमै सम्पन्न गर्न निर्देशन
योजनाका काम समयमै सम्पन्न गर्न निर्देशन
Sushant Singh Rajput wraps ‘Kedarnath’ shoot, celebrates with Sara Ali Khan and team!
Sushant Singh Rajput wraps ‘Kedarnath’ shoot, celebrates with Sara Ali Khan and team!
स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई नेपाल आउन कडाई
स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई नेपाल आउन कडाई
वाह ! मन्त्री ज्यू, मन्त्री हुनु त यस्तो
वाह ! मन्त्री ज्यू, मन्त्री हुनु त यस्तो
अमेरिका प्रवेशमा रोकको आदेश उल्टाउने फैसलाविरुद्ध ट्रम्पको अपील
अमेरिका प्रवेशमा रोकको आदेश उल्टाउने फैसलाविरुद्ध ट्रम्पको अपील
स्पट फिक्सिङ गम्भीर अपराध हो, निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस् : पारस खड्का
स्पट फिक्सिङ गम्भीर अपराध हो, निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस् : पारस खड्का
बजेटमा कहिलेसम्म राख्ने कार्यान्वयन नहुने अमूर्त शब्द ?
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत
उपकुलपति डा. भण्डारीका कारण राप्ती उपक्षेत्रीय अस्पताल डामाडोल, भविष्य धरापमा
उपकुलपति डा. भण्डारीका कारण राप्ती उपक्षेत्रीय अस्पताल डामाडोल, भविष्य धरापमा
कात्तिक २९ गतेको राशिफल हेर्नुस
कात्तिक २९ गतेको राशिफल हेर्नुस