५२ वटै मतदानस्थल अतिसंवेदनशील-जिल्ला सुरक्षा समिति ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
३६ पटक हेरिएको
Shares
५२ वटै मतदानस्थल अतिसंवेदनशील-जिल्ला सुरक्षा समिति ।

सारांश

  • आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि हुम्लामा कायम गरिएका ५२ वटै मतदानस्थल अतिसंवेदनशील देखिएका छन् ।
  • जिल्लाको नाम्खा गाउँपालिका हिमपातबाट संवेदनशील छ भने अन्य सुरक्षाका हिसाबले अतिसंवेदनशील मानिएको छ ।
  • स्थानीय तहको निर्वाचनबाट सिकाइ र केही हिमाली क्षेत्रहरुमा हिमपातबाट अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि हुम्लामा कायम गरिएका ५२ वटै मतदानस्थल अतिसंवेदनशील देखिएका छन् ।

जिल्लाको नाम्खा गाउँपालिका हिमपातबाट संवेदनशील छ भने अन्य सुरक्षाका हिसाबले अतिसंवेदनशील मानिएको छ ।

स्थानीय तहको निर्वाचनबाट सिकाइ र केही हिमाली क्षेत्रहरुमा हिमपातबाट अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

भौगोलिक रुपमा सम्रग हुम्ला जिल्ला नै अतिसंवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिएका छन ।

निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न बनाउनका लागि स्थानीय प्रशासन र निर्वाचन कार्यालयले तयारी गरेका छन् ।

सफल रुपमा चुनाव सम्पन्न गर्नका लागि प्रशासन कार्यालय लागि परेको भन्दै प्रमुख जिल्ला अधिकारी बास्कोटाले सूचना सम्प्रेषमा सञ्चारकर्मी पनि जिम्मेवार हुनुपर्ने बताए ।

यस्तै जिल्ला निर्वाचन अधिकारी प्रदिपसिंह धामीले निर्वाचन केन्द्रमा खटिएका मतदाता शिक्षा कार्यकर्ताहरुले जिम्मेवारी पूर्वक काम नगरे उनीहरुले पाउने सेवा सुविधा कटौती गरिने योजना बनाउको बताए ।

उनले निर्वाचन सफल बनाउन सबैले आआफ्नो ठाउँबाट जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्न आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?