फाप्लु विमानस्थलको प्रवेशद्वार उपयोगविहीन
सारांश
- काठमाडौं ।
- सोलुखुम्बुको फाप्लु विमानस्थलमा करोडौँ रकम खर्चेर बनाइएको मुख्य प्रवेशद्वार उपयोगविहीन बनेको छ ।
- नेपाल नागरिक उड्डयन प्राधिकरणको रु आठ करोड ७८ लाख लागत निर्माण गरिएको विमानस्थल प्रवेश गर्ने मुख्य गेट तथा मार्ग वर्षौँदेखि प्रयोगमा आउन सकेको छैन ।
काठमाडौं । सोलुखुम्बुको फाप्लु विमानस्थलमा करोडौँ रकम खर्चेर बनाइएको मुख्य प्रवेशद्वार उपयोगविहीन बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु आठ करोड ७८ लाख लागत निर्माण गरिएको विमानस्थल प्रवेश गर्ने मुख्य गेट तथा मार्ग वर्षौँदेखि प्रयोगमा आउन सकेको छैन । उक्त प्रवेशद्वार ०७७ मा निर्माण गरिएको हो ।प्रवेशमार्ग प्रयोगमा आउन नसक्दा यात्रु समस्या मोलेर साँघुरो मार्ग प्रयोग गर्न बाध्य छन् । विमानस्थल भित्रिने र बाहिरिने गरी बनाइएको फरक–फरक मार्ग सञ्चालन नहुँदा टावरका कर्मचारी तथा सुरक्षाकर्मी कार्यालय प्रवेश गर्ने साँघुरो मार्ग प्रयोग गर्न यात्रु बाध्य बनेका हुन् ।
वैकल्पिकमार्ग अत्यन्त साँघुरो हुँदा अत्यावश्यक बिरामी धावनमार्गसम्म लैजानुपर्ने भएमा स्टेचर प्रवेश गराउनसमेत कठिन रहेको जनाइएको छ । साथैविमानस्थलमा ठूला सामग्रीहरू प्रवेश गराउनुपर्ने वा निकाल्नुपर्ने भएमा समेत कठिन हुने गरेको छ ।
नेपाल नागरिक उड्डययन प्राधिकरण फाप्लुका प्रमुख भानुभक्त आचार्यले उक्त गेटको प्रवेशद्वार भन्दाभित्र भागको वालको करिब पाँच मिटर भागमा ग्याभिङ जाली नभएकाले सञ्चालन नगरिएको बताउनुभयो । धावनमार्ग माथिल्लो भागको स्टेपमा समेत प्राविधिक समस्या रहेकाले मर्मतपश्चात मात्रै सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । यसका लागि आफूले प्राधिकरणको केन्द्रीय कार्यालयमा पत्राचार गरिसकेको उहाँले बताउनुभयो ।
प्राधिकरणका आयोजना प्रमुख इञ्जीनियर रत्नबहादुर श्रेष्ठले भने उक्त गेट सञ्चालन गर्नमा समस्या नरहेको दाबी गर्नुभयो । नयाँ गेट वर्षौँदेखि उपयोगविहीन हुँदा यात्रुलाई समस्या हुनुका साथै सुरक्षामा समेत चुनौती आउन सक्ने जनाउँदै उहाँले सञ्चालनका लागि पहल गर्ने प्रतिक्रिया दिनुभयो ।
binance sign up
Can you be more specific about the content of your enticle? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.com/en/register?ref=P9L9FQKY
binance Registrera dig
Your article helped me a lot, is there any more related content? Thanks!
binance register
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.info/si-LK/register-person?ref=V2H9AFPY