नेपाल पाँच विकेटले विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ६, २०८०
|
|
२३ पटक हेरिएको
Shares
नेपाल पाँच विकेटले विजयी

सारांश

  • काठमाडाैं।
  • राजधानीमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई ) पाँच विकेटले पराजित गरेको छ।
  • युएईले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो।

काठमाडाैं। राजधानीमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई ) पाँच विकेटले पराजित गरेको छ।

युएईले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा ओपनर असिफ शेखले सर्वाधिक ६२ रनको योगदान दिए। त्यस्तै कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले अविजित रहदै ४० रन जोडे।

नेपालले सुरुवाती तीन ओभरमै ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्ललाई गुमाएको थियो। तर कप्तान पौडेल र आसिफ शेखले ९९ रनको उत्कृष्ट साझेदारी गर्दै खेलमा फर्किएको थियो।

यूएईका मोहम्मद जवादुल्लाहले दुई विकेट लिए भने अकिफ राजा र जहूर खानले समान एक/एक विकेट लिए। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६४ रनको योगफल बनाएको थियो। उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५/४५ रनको योगदान दिए । त्यस्तै आसिफ खानले १८ रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई/दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक/एक विकेट लिए। नेपालले यसअघि भएको पहिलो खेलमा युएईलाई सात विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो।

त्यस्तै नेपालले तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गरेको थियो। अब नेपालले यूएई र हङकङमध्ये एकसँग फाइनल खेल्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृष्णबहादुर महरालाई अस्पाल लगियो
जलेश्वर नगरपालिकाका पाँच वडा अध्यक्ष अनशनमा
जलेश्वर नगरपालिकाका पाँच वडा अध्यक्ष अनशनमा
जिल्ला शिक्षा अधिकारीको बदमासीः आचारसंहिता लत्याउँदै धमाधम सरुवा
जिल्ला शिक्षा अधिकारीको बदमासीः आचारसंहिता लत्याउँदै धमाधम सरुवा
न्यायाधीशहरु शंकाको घेरामा, चारजनालाई स्पष्टीकरण सोधियो
न्यायाधीशहरु शंकाको घेरामा, चारजनालाई स्पष्टीकरण सोधियो
नेपाल छिर्नेसँग ‘घुस’ माग्दै भारतीय सुरक्षाकर्मी
नेपाल छिर्नेसँग ‘घुस’ माग्दै भारतीय सुरक्षाकर्मी
ताप्लेजुङ,इलाम,विराटनगर,प्यूठान,पञ्चेश्व,रुपन्देही को ताजा पारीणाम
ताप्लेजुङ,इलाम,विराटनगर,प्यूठान,पञ्चेश्व,रुपन्देही को ताजा पारीणाम
पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा
पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा
सौन्दर्यको लफडाः को हुन् निकिता ?
सौन्दर्यको लफडाः को हुन् निकिता ?
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय  निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………
रवि लामिछानेको प्रतिक्रिया : खोरमा थुन्दैमा बाघ स्याल हुँदैन
रवि लामिछानेको प्रतिक्रिया : खोरमा थुन्दैमा बाघ स्याल हुँदैन

तपाईंले छुटाउनुभयो कि?