नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भुसालद्वारा पदभार ग्रहण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
३१ पटक हेरिएको
Shares
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भुसालद्वारा पदभार ग्रहण

सारांश

  • काठमाडौ, कात्तिक ७ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले मंगलबार पदभार ग्रहण गर्नुभएको छ ।
  • प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदबाट डा.
  • गोविन्दराज पोखरेलले शनिबार राजीनामा दिनुभएपछि सोमबार मन्त्रिपरिषद्ले नेपाल सरकारका पूर्व सचिव भुषाललाई नयाँ सिइओमा नियुक्त गरेको हो ।

काठमाडौ, कात्तिक ७

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले मंगलबार पदभार ग्रहण गर्नुभएको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदबाट डा.गोविन्दराज पोखरेलले शनिबार राजीनामा दिनुभएपछि सोमबार मन्त्रिपरिषद्ले नेपाल सरकारका पूर्व सचिव भुषाललाई नयाँ सिइओमा नियुक्त गरेको हो  

त्यसअघि, नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुषाललाई प्राधिकरणका सचिव सर्वजित प्रसाद महतो, कार्यकारी सदस्यहरु डा.चन्द्रबहादुर श्रेष्ठ, डा.विष्णु बहादुर भण्डारी, डा. हरिराम पराजुली, सहसचिवहरु लगायतले स्वागत गर्नुभएको थियो ।  

पदभार ग्रहण गरेपछि प्राधिकरणका अधिकारीहरु एवम् संचारकर्मीलाई सम्बोधन गर्दै सिइओ भुषालले टहरामा बसेका दाजुभाई तथा दिदीबहिनीको आँशु पुछ्न लागि पर्ने बताउनु भयो । उहाँले पहिलो चरणमा भूकम्प दिवस (माघ २) अघिको तीन महिनामा केही ठोस कार्य गर्ने र दोस्रो चरणमा आगामी बर्खाअघि त्यसलाई थप गति दिने बताउनु भयो ।

भूकम्प प्रभावितलाई नयाँ घरमा बसाल्ने कार्यलाई पहिलो प्राथमिकता दिइने भए पनि क्षतिग्रस्त ऐतिहासिक धरोहरहरु तथा पुरातात्विक संरचनाको पुनर्निर्माणलाई पनि तिव्रता दिने आफ्नो योजना रहेको उहाँले जानकारी गराउनु भयो ।

कुनै पनि संगठनमा विकासका तीन चरण रहने उल्लेख गर्दै सिइओ भुसालले संगठनात्मक संरचना निर्माण तथा नीतिगत चरण सकिएकाले अब तीव्र गति दिने चरण आएको बताउनु भयो । पूर्व प्रमुख कार्यकारी अधिकृतहरुले आआफ्नो चरणको कार्य गर्नुभएको उल्लेख गर्दै भुसालले भूकम्पप्रभावितलाई सेवा गर्ने उद्देश्यले प्राधिकरणमा आएको धारणा राख्नु भयो ।

२०७१ साउनमा अर्थसचिवबाट सेवा निवृत्त हुनुभएका भुषालसँग पर्यटन, सामान्य प्रशासन, स्थानीय विकास मन्त्रालय, प्रधानमन्त्री कार्यालय, महिला बालबालिका, वन मन्त्रालय, राष्ट्रिय योजना आयोगमा कार्य गरेको अनुभव छ । सेवानिवृत्त भएपछि उहाँले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा अध्ययन निर्देशक बनेर काम गर्नु भएको थियो ।

पदभार ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत भुसालले प्राधिकरणका उच्च अधिकारीबाट ब्रिफिङ लिनुभएको थियो । सो क्रममा उहाँले भूकम्प पीडितहरुको पुर्नस्र्थापना र पुनर्निर्माणमा परिणाममुखी भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चेपाङ बालबालिकालाई विद्यालय टिकाउनै गाह्रो
चेपाङ बालबालिकालाई विद्यालय टिकाउनै गाह्रो
आईपीएल: कोलकत्ताले मुम्बईलाई हरायो
आईपीएल: कोलकत्ताले मुम्बईलाई हरायो
झापा–५ का उम्मेदवार बालेन्द्र शाहले प्रयोग गरेको करोडौँको विलासी गाडी उद्योगी मालपानीको भएको खुलासा
झापा–५ का उम्मेदवार बालेन्द्र शाहले प्रयोग गरेको करोडौँको विलासी गाडी उद्योगी मालपानीको भएको खुलासा
बनेपाको स्कुलको होस्टलमा वेहोस भएर एकजना बिधार्थीको मृत्यु
बनेपाको स्कुलको होस्टलमा वेहोस भएर एकजना बिधार्थीको मृत्यु
नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन प्रस्ताव
नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन प्रस्ताव
टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो
टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो
प्रचण्डकी नातिनी स्मिता दाहाल अब देश विकासमा (हेर्नुहोस् भिडियो)
प्रचण्डकी नातिनी स्मिता दाहाल अब देश विकासमा (हेर्नुहोस् भिडियो)
कर्मचारी समायोजनको गाँठो फुक्न सकेन
कर्मचारी समायोजनको गाँठो फुक्न सकेन
व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
जिएमआरले भन्यो – माथिल्लो कर्णालीको काम छिट्टै शुरु हुन्छ
जिएमआरले भन्यो – माथिल्लो कर्णालीको काम छिट्टै शुरु हुन्छ

तपाईंले छुटाउनुभयो कि?