भरतपुर महानगरको अपडेटः रेणुले यसरी दिन थालिन् टक्कर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०७४
|
|
८९५८ पटक हेरिएको
Shares
भरतपुर महानगरको अपडेटः रेणुले यसरी दिन थालिन् टक्कर

सारांश

  • ५, जेठ, चितवन ।
  • भरतपुर महानगरपालिकाको मेयरका लागि भइरहेको मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी उम्मेदवार रेणु दाहालका वीच तीब्र प्रतिस्पर्धा सुरु भएको छ ।
  • शुरुवाती लिड गरेका ज्ञवाली वडा नः ६ मा पुग्दा कमजोर देखिएका छन् भने रेणु दाहालले आफ्नो अवस्थामा सुधार गरेकी छिन् ।

५, जेठ, चितवन । भरतपुर महानगरपालिकाको मेयरका लागि भइरहेको मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी उम्मेदवार रेणु दाहालका वीच तीब्र प्रतिस्पर्धा सुरु भएको छ । शुरुवाती लिड गरेका ज्ञवाली वडा नः ६ मा पुग्दा कमजोर देखिएका छन् भने रेणु दाहालले आफ्नो अवस्थामा सुधार गरेकी छिन् ।

महानगरको वडा नः ५ मा प्रवेश गर्दा देवी ज्ञवालीले ७३४७ मत ल्याएका थिए भने रेणुले ५७३४ मत मात्रै पाएकी थिइन् । त्यस्तै वडा नं ४ बाट ५ मा जाँदा ज्ञवाली र दाहालको मतान्तर १६१३ थियो ।

वडा नम्वर ५ कांग्रेसको बलियो प्रभाव भएको क्षेत्र हो । तर, यो वडामा एमाले वडाध्यक्षका उम्मेदवार पदमपाणि सुवेदीले ९३ मतान्तरले कांग्रेसका उम्मेदवार भक्ति तिमिल्सिनालाई हराए । यो वडामा सुवेदीले आफुले मात्रै जितेनन्, ज्ञवालीलाई १६१३ को अग्रतामा १६६ मत थपेर पठाइदिए ।
महानगरको वडा नः ६ पनि कांग्रेस र माओवादीको बलियो प्रभाव क्षेत्र हो । यो वडामा कांग्रेसका वडाध्यक्षका उम्मेदवार हरीबिलास कोइरालाले २३१९ मत पाए । माओवादी केन्द्रका भागिरथ तिमिल्सिनाले १४८० मत प्राप्त गरे । यहाँ एमालेका वडाध्यक्ष उम्मेदवार बेदप्रसाद लामिछानेले ९०४ मत मात्रै पाए ।

यो वडाको गणितलाई हेर्दा एमाले वडाध्यक्ष उम्मेदवार लामिछाने भन्दा मेयरका उम्मेदवार ज्ञवालीले ५८४ मत बढी प्राप्त गरेका छन् । वडा नम्बर ६ बाट ज्ञवालीले १४८८ मत थपे ।

वडा नम्बर ६ बाट रेणुले २४५४ मत थपिन् । माओवादीले ल्याएको मतभन्दा रेणुले यहाँबाट ९९४ कांग्रेसको मत आफ्नो पक्षमा पारिन् ।

वडा नः ६ पार हुँदासम्म देवी र रेणुको अग्रतान्तर ९७६ मा कमी आयो । यहाँबाट देवीले ७९३ मतको मात्रै अग्रता कायम गरे ।
वडा नं ६ बाट कांग्रेसको ४२ प्रतिशत मत रेणुले पाएको देखिन्छ । ६८०४ मतदाता रहेको यस वडामा ५१६५ मत खसेको थियो । रेणुलाई माथि उकास्न सहयोग गरेकोमा माओवादी वडाध्यक्ष उम्मेदवार भागिरथ तिमिल्सिनाले नेताहरुको वधाइ समेत खाएका छन् ।

एमालेले चुनौतीका रुपमा लिएको वडा नः ६ पार गरेर वडा नः ७ मा प्रवेश गर्दा देवीको मत १०६९० र रेणुको मत ९८९७ थियो ।

वडा नः ७ मा एमालेका देवीले १२३६ मत ल्याउँदा माओवादीकी रेणुले १८८० मत थपिन् ।

वडा नं ७ मा माओवादी केन्द्रका उम्मेदवार शिव भट्टराई ८५० मत ल्याएर तेस्रो भएका छन् । दोस्रो भएका कांग्रेसका उम्मेदवार श्याम लामिछानले १४८० मत ल्याए । यस वडाबाट कांग्रेसको १०३० मत माओवादीलाई गएको देखिन्छ । यहाँबाट कांग्रेसको झण्डै ७० प्रतिशत मत माओवादीकी रेणु दाहालले पाएको देखिन्छ । र, यही कारणले एमालेका देवीको अग्रता ७९३ बाट घटेर ५२९ कायम भयो ।

वडा नं ७ मा एमाले उम्मेदवार राजेन्द्रमणि काफ्ले १४९४ मत ल्याएर जित्दा देवीले एमालेभन्दा बाहिरको १२२ मत मात्रै अत्तिरिक्त प्राप्त गरे । जुन मत एमालेले अपेक्षा गरेको भन्दा धेरै कम हो ।

वडा नम्वर ७ बाट माओवादी उम्मेदवार रेणु दाहाललाई सन्तोषजनक मत आएको छ ।

अहिले वडा नः ८ को गणना जारी छ । यहाँ कांग्रेस र एमालेकै बीचमा नै प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसको अपेक्षाकृत मत वडा नः ७ मा नआएजस्तै वडा नं ८ मा पनि नआए एमालेलाई समस्या हुने देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवरुद्ध जटिल प्रसूति सेवा तीन महिनापछि सञ्चालन
अवरुद्ध जटिल प्रसूति सेवा तीन महिनापछि सञ्चालन
ओम अस्पतालको सञ्चालक समितिको अध्यक्षमा उद्धव पौडेल सर्वसम्मत चयन
ओम अस्पतालको सञ्चालक समितिको अध्यक्षमा उद्धव पौडेल सर्वसम्मत चयन
आफ्नै बन्दुकको छर्रा लागेर मृत्यु
आफ्नै बन्दुकको छर्रा लागेर मृत्यु
निजी स्कुलका डरलाग्दो शुल्क, हेर्नुस् कति तिर्छन् अभिभावक!
निजी स्कुलका डरलाग्दो शुल्क, हेर्नुस् कति तिर्छन् अभिभावक!
हरेक कर्मचारीले पदमा रहदाको अवस्थामा नै आफ्नो क्षमता देखाएर काम गर्नुपर्यो: उर्जामन्त्री
हरेक कर्मचारीले पदमा रहदाको अवस्थामा नै आफ्नो क्षमता देखाएर काम गर्नुपर्यो: उर्जामन्त्री
कानुन व्यवसायीको चुनाव : सोमबारदेखि मतगणना हुने
कानुन व्यवसायीको चुनाव : सोमबारदेखि मतगणना हुने
‘भ्यालेन्टाइन डे’मा शिल्पाले फेसबुक बाट व्यक्त गरिन् छविसँगको प्रेम
‘भ्यालेन्टाइन डे’मा शिल्पाले फेसबुक बाट व्यक्त गरिन् छविसँगको प्रेम
आजैदेखि विकसित देश बनाउने प्रण गरौं : प्रधानमन्त्री
आजैदेखि विकसित देश बनाउने प्रण गरौं : प्रधानमन्त्री
सुदूरपश्चिम प्रदेशसभाका  सदस्यहरूको शपथ आज
सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूको शपथ आज
कास्कीबाट निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव
कास्कीबाट निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव