प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता, गठबन्धनमा सामेल हुन देउवाको प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २३, २०७९
|
|
४४ पटक हेरिएको
Shares
प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता, गठबन्धनमा सामेल हुन देउवाको प्रस्ताव

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा छलफल गरेका छन् ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा आफ्ना माग पूरा गर्न र निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सकारात्मक कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा आफ्ना माग पूरा गर्न र निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सकारात्मक कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए । “नागरिकतासम्बन्धी ऐन पारित गरी कार्यान्वयन गर्न र निर्दोष कार्यकर्ताको रिहाइ गर्ने विषयमा सकारात्मक छलफल भयो, प्रधानमन्त्रीज्यू पनि हाम्रा माग सम्बोधनका विषयमा सकारात्मक हुनुहुन्छ”, उनले भने ।

प्रधानमन्त्री देउवाले नागरिकतासम्बन्धी विधेयक पारित भइसकेको र लोसपाका कार्यकर्ताहरूको रिहाइको मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढिसकेको जानकारी गराउँदै लोसपासँग सहकार्यका लागि सकारात्मक भएका नेता महतोले जानकारी दिए । नेता महतोले पाँचदलीय गठबन्धनमा लोसपा पनि सहभागी हुने तथा सरकारमा सहभागी हुने विषयमा पनि सकारात्मक कुराकानी भएको बताए ।

भेटवार्तामा प्रधानमन्त्रीसहित सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्णलगायतको सहभागिता थियो । निर्वाचनमा तालमेलका लागि प्रधानमन्त्री देउवासँग यसअघि पनि लोसपाले विभिन्न चरणमा छलफल गर्दै आएको छ । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिसमक्ष पुगिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदीको चुनावी प्रचार अभियान बिहिबार शुरू हुने
मोदीको चुनावी प्रचार अभियान बिहिबार शुरू हुने
मानसिक अस्पतालमा नर्सहरुको अनुभवः बिरामी आउँदा गाली, फर्किँदा माफी
Access from anywhere, anytime!
नयाँ बर्षमा बस्ती हस्तान्तरण गरेरै छाड्छु :धुर्मुस
नयाँ बर्षमा बस्ती हस्तान्तरण गरेरै छाड्छु :धुर्मुस
वाजपेयीको अन्त्येष्टिमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुने
वाजपेयीको अन्त्येष्टिमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुने
राउतसंग सरकारले गरेको सम्झौता माअोवादीसंगको शान्ति सम्झौता पछिको दोस्रो उपलब्धि -पुर्बमन्त्रि बस्नेत
राउतसंग सरकारले गरेको सम्झौता माअोवादीसंगको शान्ति सम्झौता पछिको दोस्रो उपलब्धि -पुर्बमन्त्रि बस्नेत
सलमानका कारण कंगनाले परिवर्तन गरिन् आफ्नो फिल्मको नामः भनिन्, ‘कुनै विकल्प नै रहेन’
सलमानका कारण कंगनाले परिवर्तन गरिन् आफ्नो फिल्मको नामः भनिन्, ‘कुनै विकल्प नै रहेन’
मुख्यमन्त्री शाह भन्छन् :  सरकारले छिट्टै पूर्णता पाउँछ
मुख्यमन्त्री शाह भन्छन् : सरकारले छिट्टै पूर्णता पाउँछ
माओवादी प्रदेश कमिटी सदस्यसहित ६० जनाले दिए सामूहिक राजीनामा
माओवादी प्रदेश कमिटी सदस्यसहित ६० जनाले दिए सामूहिक राजीनामा
प्रचण्डसंग यसकारण रूष्ट छन महरा !
प्रचण्डसंग यसकारण रूष्ट छन महरा !