कोरोनाबाट आज १० जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २७, २०७७
|
|
२१ पटक हेरिएको
Shares
कोरोनाबाट आज १० जनाको मृत्यु

सारांश

  • कोरोना संक्रमणबाट आज थप १० जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • २४ घन्टामा नयाँ संक्रमित ४ सय ८८ थपिएका छन् ।

कोरोना संक्रमणबाट आज थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ४ सय ८८ थपिएका छन् । आज ५ सय २७ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६५ हजार २ सय ६८ संक्रमित भएपनि २ लाख ५८ हजार ९ सय ६८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ४ हजार ३ सय ७३ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १९ लाख ८७ हजार ५ सय ५५ जनाको पिसीआर परिक्षण भएको छ । क्वारेन्टिनमा बस्नेको सख्या २ सय ३७ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?