चुनावको राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २३, २०८२
|
|
२४ पटक हेरिएको
Shares
चुनावको राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेलले चुनावका लाग राजनीतिक वातावरण तय गर्न सरकारलाई सुझाव दिएका छन् ।
  • चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण गराएका हुन् ।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले चुनावका लाग राजनीतिक वातावरण तय गर्न सरकारलाई सुझाव दिएका छन् ।

चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्री कार्की बिहीबार अपरान्ह अर्थमन्त्री रामेश्वर खनाल र सञ्चारमन्त्री जगदीश खरेललाई लिएर राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास गएकी थिइन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको र त्यसअनुसार सरकारले चुनावका लागि आवश्यक तयारी गरिरहेकोबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेकी थिइन् ।

भेटमा संलग्न सञ्चारमन्त्री खरेलका अनुसार चुनावका लागि सरकार र निर्वाचन आयोगले गरिरहेका कामहरुकैबारे छलफल भएको छ ।

सरकार बनेको करिब तीन महिना बितिसकेको छ । तर यो बीचमा राजनीतिक दलहरूसँग सरकारको औपचारिक संवाद भएको छैन ।

राजनीतिक दलका नेताहरूले यो बीच राष्ट्रपति पौडेलललाई भेटेर चुनावका मुख्य सरोकारवाला दललाई सरकारले वास्ता नगरेको भन्दै गुनासो पनि गरिरहेका थिए ।

केही दिन अघि कांग्रेसका नेताहरु पुगेर राष्ट्रपति पौडेललाई राजनीतिक संवादका लागि सहजीकरण गर्न राष्ट्रपतिकै ध्यानाकर्षण गराएका थिए ।

दसैं अघि एमाले नेताहरुले पनि राष्ट्रपतिलाई भेटेका थिए । त्यसक्रममा उनीहरुले सरकारले चुनाव गराउने दिशामा ध्यान नदिएको धारणा राष्ट्रपतिसमक्ष राखेका थिए ।

तर बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले भने वर्तमान सरकारप्रति विश्वास नरहेकाले चुनावमा भाग नलिने घोषणा गरेका छन् ।

त्यस्तै केपी शर्मा ओली र कांग्रेस नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी परेको र उनीहरूलाई पक्राउ गर्न दबाब समेत दिएकाले चुनावको राजनीतिक वातावरण बिग्रेला कि भन्ने चिन्ता थपिएको छ । यही अवस्थामा राष्ट्रपति र प्रधानमन्त्रीले बिहीबार शीतल निवासमा चुनावमै केन्द्रित भएर करिब ४० मिनेट छलफल गरेका हुन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.com/join?ref=QCGZMHR6

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?