राष्ट्रपति भण्डारी अबुधावीमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
५३ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारी अबुधावीमा

सारांश

  • काठमाडौं, २८ कार्तिक।
  • राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमणमा सोमबार साँझ अबुधावी पुगेकी  छिन्।
  • अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा राष्ट्रपति भण्डारी सो देशको भ्रमणमा रहेकी हुन्।

काठमाडौं, २८ कार्तिक। राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमणमा सोमबार साँझ अबुधावी पुगेकी  छिन्।

अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा राष्ट्रपति भण्डारी सो देशको भ्रमणमा रहेकी हुन्।

राष्ट्रपति भण्डारीलाई अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा मानव संसाधन तथा अमिरातीकरण मन्त्री नासेर थानी अलहमेलीले हार्दिक स्वागत गरे।

विमानस्नेथलमा युएइका लागि नेपाली कार्यबाहक राजदूत नेत्रबहादुर टण्डन तथा नेपाली दूतावासका अन्य अधिकारीहरू एवं युएईका शिष्टाचार अधिकारीहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रपति भण्डारीका साथ आपूर्ति मन्त्री जयन्त चन्द पनि रहेका छन्।

नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४०औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण भइरहेको र आज राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीका साथ उहाँकी छोरी निशाकुसुम भण्डारी, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ