चुनावपछि एमालेसँगको गठबन्धन तोड्ने प्रचण्डको रणनीति !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
चुनावपछि एमालेसँगको गठबन्धन तोड्ने प्रचण्डको  रणनीति !

सारांश

  • काठमाडौं, ५ कार्तिक ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंसिर १० र २१ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएलगत्तै नेकपा एमालेसँगको गठबन्धन तोड्ने तयारीमा लागेका छन् ।
  • प्रचण्ड निकट उच्च स्रोतका अनुसार दाहाल एमालेसँग चुनावी तालमेलबाहेक अन्य एकता वा गठबन्धन बनाएर जाने पक्षमा देखिएका छैनन् ।

काठमाडौं, ५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंसिर १० र २१ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएलगत्तै नेकपा एमालेसँगको गठबन्धन तोड्ने तयारीमा लागेका छन् ।

प्रचण्ड निकट उच्च स्रोतका अनुसार दाहाल एमालेसँग चुनावी तालमेलबाहेक अन्य एकता वा गठबन्धन बनाएर जाने पक्षमा देखिएका छैनन् । यो पटकको निर्वाचनमा आफ्नो पार्टीका उम्मेद्धवारहरुको जित सुनिश्चित गराउनको लागि मात्रै उनले एमालेसँग गठबन्धन गरेको बुझिएको छ। खासगरी पहाडी भेगमा कम्तिमा पनि १० जना नेताहरुलाई विजयी गराएर केन्द्रिय संसदमा पुर्याउने उनको भित्री योजना छ । सोही अनुसार उनले एमालेसँग चुनावी गठबन्धन गरेको पुष्टि भएको छ ।

हुन त उनले एक्लै चुनाव लडेपनि कम्तिमा पनि २० देखि २५ सिट जित्ने आँकलन गरेका थिए । तर एमालेसँग मिलेर जाँदा ३५ देखि ४० सिट जित्ने संभावना देखिएकोले उनले कांग्रेससँगको गठबन्धन टुटाएर एमालेसँग नाता जोडेका हुन । प्रचण्ड स्वयम पनि आफ्ना नेताहरु पहाडमा असुरक्षित देखेका थिए ।

उनले एमालेसँगको गठबन्धनपछि चुनाव जितेपछिको परिस्थितिमा भने पार्टी एकता नगर्नेसम्मको परिस्थिति आउन सक्ने स्रोतको दाबी छ । स्रोतले भन्यो,‘सकेसम्म ३ वटा प्रदेशमा एमालेसँग मिलेर सरकार बनाउने र केन्द्रमा भने आँफै नेतृत्व लिने उनको तयारी छ, यसले गर्दा एमालेसँग माओवादीको दिर्घकालिन गठबन्धन वा पार्टी एकतासम्म पुग्लाजस्तो देखिँदैन्।’ चुनावी नतिजा आफूले भनेजस्तो आयो भने उनी आफ्नै नेतृत्वमा सरकार बनाउनेगरि आफूलाई मुभ गराउने तयारीमा छन् ।

रेपोर्टेर्स नेपाल बाट !

(https://sharonsteelerealestate.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?