भाषा बिग्रिएपछिको चिन्ता : साइनबोर्ड लेख्नेलाई भाषा प्रशिक्षण
सारांश
- दाङ, १९ साउन ।
- घोराहीका साइनबोर्ड लेख्ने ब्यवसायीहरुलाई भाषा शुद्धिकरण प्रशिक्षण दिइएको छ ।
- सर्वोदय पुस्तकालय तथा वाचनालय र दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा प्रशिक्षण दिइएको हो ।
दाङ, १९ साउन । घोराहीका साइनबोर्ड लेख्ने ब्यवसायीहरुलाई भाषा शुद्धिकरण प्रशिक्षण दिइएको छ । सर्वोदय पुस्तकालय तथा वाचनालय र दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा प्रशिक्षण दिइएको हो ।
प्रशिक्षण उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले यो अभियानलाई स्थानीय सरकारले चासोका साथ हेरेको बताए । सबै क्षेत्रमा भाषामा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।
कार्यक्रमबारे जानकारी दिँदै पुस्तकालयको भाषा शुद्धिकरण उपसमितिका संयोजक पद्यप्रसाद शर्माले नेपाली भाषामा लेख्ने र बोलिने भाषामा फरक आउन थालेकाले एकरुपता ल्याउन जागरणमूलक अभियान थालिएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले पत्रकारिता क्षेत्रमा भाषा शुद्धिकरण आवश्यक रहेकाले यो अभियानमा सञ्चार क्षेत्रको पनि सहयोग रहने बताए ।
पुस्तकालय ब्यवस्थापन समितिका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव सुदीप गौतमले गरेका थिए । दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालको स्वागत मन्तव्यबाट आरम्भ भएको सो कार्यक्रममा नेपाली बिषयका उपप्रध्यापकहरु टीकाराम उदासी, अम्बिकाप्रसाद डाँगी, चन्द्रबहादुर थापा र सुनिल पोख्रेलले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा घोराही क्षेत्रका १५ जना साइनबोर्ड लेख्ने ब्यवसायीको सहभागिता थियो ।
प्रतिक्रिया