रेणु दाहालको निवासमा प्रचण्ड र भारतीय दूतको भेटवार्ता, के भयो कुराकानी ?
सारांश
- चितवन, पुस ११ ।
- वीरगञ्जमा कार्यरत भारतीय महावाणिज्यदूत बीसी प्रधानले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर चुनवा जितेकोमा बधाई दिएका छन् ।
- माओवादी अध्यक्ष प्रचण्ड चितवनमा रहेको मौका पारेर शुक्रबार साँझ महावाणिज्यदूत प्रधानले भरतपुरकी मेयर रेणु दाहालको निवासमा पुगेर प्रचण्डसँग भेट गरेका हुन् ।
चितवन, पुस ११ । वीरगञ्जमा कार्यरत भारतीय महावाणिज्यदूत बीसी प्रधानले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर चुनवा जितेकोमा बधाई दिएका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड चितवनमा रहेको मौका पारेर शुक्रबार साँझ महावाणिज्यदूत प्रधानले भरतपुरकी मेयर रेणु दाहालको निवासमा पुगेर प्रचण्डसँग भेट गरेका हुन् ।
प्रचण्डको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार चितवनबाट निर्वाचन जितेका प्रचण्डलाई बधाई ज्ञापन गर्न उनी मेयर निवासमा पुगेका थिए ।
प्रचण्डको पारिवारिक स्रोतले भन्यो– ‘प्रचण्डलाई बधाई दिन समय मागेपछि हामीले समय प्रदान गरेका हौं, एकैछिन भेटेर उनी फर्किएका हुन् ।’ स्रोतका अनुसार भेटमा महावाणिज्यदूत प्रधानले नयाँ सरकारसँग मिलेर काम गर्न भारत ईच्छुक रहेको बताएका थिए ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Gopal Rai
Prachandale bharatiya manparaunu ko Karen k janata lai masna ya bechacna karan yahi ho
Ram Sapkota
प्रचण्ड पिध न भएको लोटा जस्तै हुन, जता ढल्कायो उतै ढल्कने, आफ्नो अडान न भएको मानिस लाई जस्ले जता ढल्कायो उतै ढल्कन्छ, धन्य हो प्रचण्ड को राजनितीक क्षमता