चुनावी चटारोमा अध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ५, २०७८
|
|
२६ पटक हेरिएको
Shares
चुनावी चटारोमा अध्यक्ष ओली

सारांश

  • काठमाडौं।
  • स्थानीय तह निर्वाचन आउन ५६ दिन बा“की रह“दा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडधूप बढेको छ ।
  • १५ दिनको अवधिमा केन्द्रदेखि जिल्लासम्मका २० भन्दा बढी कार्यक्रममा सरिक भएर ओली मत मागिरहेका छन् ।

काठमाडौं। स्थानीय तह निर्वाचन आउन ५६ दिन बा“की रह“दा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडधूप बढेको छ ।
१५ दिनको अवधिमा केन्द्रदेखि जिल्लासम्मका २० भन्दा बढी कार्यक्रममा सरिक भएर ओली मत मागिरहेका छन् । स्थानीय तह निर्वाचन आगामी ३० वैशाखमा हु“दै छ । यद्यपि, स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन मिलेरै अघि बढ्ने देखिएकाले ओलीको दल एमालेलाई निर्वाचनमा जित हासिल गर्न निकै कठिन र चुनौती छ ।
दुईपटकसम्म मिर्गौला प्रत्यारोपण गरे पनि ओली ‘स्वस्थ्य व्यक्ति’सरह सक्रिय छन् । जिल्लामा हुने जुनसुकै कार्यक्रममा समेत उनले चुनावी अभियान’bout बोल्ने गरेका छन् । स्थानीय तह निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत सिट ल्याउने दाबी गरिरहेको छ । तर, त्यसलाई वास्तविकतामा उतार्न एमालेका लागि फलामको च्युरा खाएसरह हुने बामविश्लेषकको भनाइ छ ।
पछिल्लोपटक गत २ चैतमा काठमाडौंमा भएको संसदीय दल बैठकमा सहभागी आफ्ना सांसदलाई ओलीले ६० देखि ७० प्रतिशतमा जित हासिल गर्नुपर्ने भन्दै सोहीअनुसार परिचालन हुन आफ्ना सांसदलाई निर्देशनसमेत दिए । स्थानीय तहमा एमालेको राम्रो जित हासिल गराउनसक्ने सर्तमा सांसदलाई ‘पुनः टिकट दिने’ आश्वासनसमेत उनले दिएका छन् ।
गत २ चैतमा संसदीय दल बैठकमा सहभागी उनी त्यसअघि जिल्ला दौडामा थिए । अहिले उनी हरेक दिन काठमाडौं उपत्यकाबाहिर पुगिरहेका छन् । ओली दैनिक १८ घण्टा खट्ने गरेको उनको सचिवालयले जनाएको छ ।
निकै दौडधूप गरे पनि स्थानीय तह निर्वाचनमा एमालेलाई ‘पहिलो बनाउन’ भने उनीसामु चुनौतीको पहाड छ । ‘एमाले पहिलो बन्ने दाबी गरिरहे पनि उनले दाबी गरे’जस्तो सहज भने छैन ।
पाँच दलीय गठबन्धन संयुक्त रूपमा चुनावमा जानसक्ने भएकाले एमालेका लागि सबैभन्दा ठूलो चुनौती हुनसक्ने राजनीतिक विश्लेषकको भनाइ छ । यद्यपि, कठिन परिस्थिति बुझेका ओलीले त्यस्तो परिस्थितिलाई सहज बनाउन देशव्यापी अभियान चालेको हुनसक्ने देखिन्छ ।
१५ फागुनयता मात्रै ओली दुईपटक झापा पुगेका छन् । उनी गत २१ फागुनमा तत्कालीन झापा विद्रोहका बेला सुखानीमा सहादत प्राप्त गरेका सहिदको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी भए । हरेक वर्ष एमालेले ‘सुखानी स्मृति दिवस’ मनाउने गरेको छ ।
२५ फागुनमा झापा हुँदै मोरङ पुगेर नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङ रंगेली नगरपालिका प्रमुख दिलिपकुमार बगडिया, उपप्रमुख केशवकुमारी खनाल र दुई वडाध्यक्षलाई पार्टी प्रवेश गराए । सो कार्यक्रमबाट करिब ५ हजार जनाले एमाले प्रवेश गरेका थिए ।
झापाअघि ओली दोलखा पुगे । २० फागुनमा उनी साहित्यिक सांस्कृतिक महोत्सव उद्घाटन गर्न त्यहा“ पुगेका ओलीले कालिञ्चोक भगवती दर्शन गरे ।
२१ फागुनमा झापा पुगेका ओली एक रात उतै बसे भने २२ फागुनमा झापामै आयोजित नेपाल खेलकुद महासंघ प्रदेश अधिवेशन उद्घाटन गर्न पुगे ।
झापाबाट भक्तपुर बालकोटस्थित निवासमै २२ फागुनमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरे । जहा“ ओलीले विवेकशील साझा पार्टी नेता अमृतराज वैद्यलगायतलाई एमालेमा प्रवेश गराए ।
२३ फागुनमा नवलपरासी गएका ओली कावासोती पुगेर मध्यबिन्दु बहुमुखी क्याम्पसको १६औं स्थापना दिवसमा सहभागी भए ।
नवलपरासीबाट सोही दिन पोखरा गएका ओलीले पोखरामा मानवअधिकार एलाइन्सको पाँचौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गरे । सोही दिन धौलागिरि जागरण दैनिकको १५औं वार्षिक उत्सवमा ओली सहभागी भए र चुनाव’bout प्रवचन समेत दिए ।
त्यसदिन पोखरामै बसेका ओलीले २४ फागुनमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपलब्ध गराएर गण्डकी अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गर्न भ्याए ।
एमालेको गण्डकी प्रदेश कमिटीले २४ फागुनमा पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ओली प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
सोही दिन पोखराबाट काठमाडौं आएर ओली काठमाडौंमा अखिल नेपाल महिला संघले नारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर स्थानीय तहको निर्वाचन एमालेले अत्याधिक बहुमतका साथ जित्ने दाबी गरे ।
२५ फागुनमा मोरङ पुगेर फर्किएका ओली भोलिपल्ट भने काठमाडौंमा आयोजित एमाले बाग्मती प्रदेश संगठन कमिटी बैठकमा अतिथिका रूपमा सहभागी भए ।
त्यसअघि ओलीले अभिनेत्री करिश्मा मानन्धरसँग भेटेका थिए । मानन्धर ओलीलाई भेट्न बालकोट पुगेकी थिइन् । ओलीसँगको भेटपछि मानन्धर एमाले प्रवेश गर्न राजी भएकी थिइन् । आगामी वैशाख ९ मा एमालेले आयोजना गर्ने कार्यक्रममा मानन्धर एमाले प्रवेश गर्ने बताइएको छ ।
२७ फागुनमा प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न उनी फेरि पोखरा पुगे । ओलीले सो कार्यक्रममा २ घण्टासम्म भाषण गरे र निर्वाचन’bout समेत प्रवचन दिए । त्यसको भोलिपल्ट २८ गते भने काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी संगठनको ११औं राष्ट्रिय अधिवेशनको उद्घाटनमा उनी सहभागी भए ।
२९ फागुनमा बारा जिल्लाको जयनगर (चिउँटाहा) पुगेर आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष महम्मद मुस्तफ अन्सारीसहित दर्जनांैलाई उनले एमाले प्रवेश गराए ।
सोही दिन ५ हजार जना नेता कार्यकर्ता एमाले प्रवेश गरेको दाबी एमालेको छ ।
सोही दिन नै उनी काठमाडौं फर्किएर एमालेको केन्द्रीय उद्योग वाणिज्य तथा आपूर्ति विभागले नक्सालको एक ब्यांक्वेटमा आयोजना गरेको ‘देशको वर्तमान आर्थिक अवस्था–समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा उनी सहभागी भए
त्यसैगरी, १ चैतमा पर्सा–काठमाडौं सम्पर्क मञ्चले भक्तपुरको राधेराधेमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम सहभागी भएर ओलीले पर्सामा अन्य पार्टीमा रहेका व्यक्तिलाई एमालेमा प्रवेश गराए ।
त्यसदिन साँझ उनले आफ्नै निवासमा एमालेको केन्द्रीय सचिवालयको बैठक बोलाए । बैठकले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ भने स्थानीय तहमा उम्मेदवार टुंगो लगाउने विधि पनि तयार पारेको छ ।[image: Prime-Minsiter-KP-Sharma-Oli-NCP-Central-Committee.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१०५ स्थानीय तहको परिणाम घोषणा हुँदा एमाले सबैभन्दा अगाडि, काँग्रेस र माअाेवादी केन्द्र कति ?
१०५ स्थानीय तहको परिणाम घोषणा हुँदा एमाले सबैभन्दा अगाडि, काँग्रेस र माअाेवादी केन्द्र कति ?
न्यायिक समितिमा विवाद हुँदा संयोजक जिम्मेवारी प्रमुखलाई
न्यायिक समितिमा विवाद हुँदा संयोजक जिम्मेवारी प्रमुखलाई
प्रधानमन्त्री : औचित्यका आधारमा संविधान संशोधनका लागि सरकार तयार
गोविन्द केसीकाे तर्फबाट पूर्वशर्त छाडेपछि सरकार र गोविन्द केसीसमुहबीच वार्ता सुरू , के थियाे पुर्वशर्त ?
हतियार भण्डारमा विस्फोट हुँदा ३९ सर्वसाधारणको मृत्यु
हतियार भण्डारमा विस्फोट हुँदा ३९ सर्वसाधारणको मृत्यु
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेशसभातर्फको पनि समानुपातिक उम्मेदवारको सूची (सूचीसहित)
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेशसभातर्फको पनि समानुपातिक उम्मेदवारको सूची (सूचीसहित)
भाटभटेनीको आगलागी चार घण्टापछि नियन्त्रणमा
भाटभटेनीको आगलागी चार घण्टापछि नियन्त्रणमा
दोस्रो खेलमा नेपाललाई भियतनामले २-० गोलले पराजित,नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना
दोस्रो खेलमा नेपाललाई भियतनामले २-० गोलले पराजित,नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना
ग्रानाडाले गुमायो शीर्ष स्थानमा उक्लिने मौका, गेटाफे विजयी
ग्रानाडाले गुमायो शीर्ष स्थानमा उक्लिने मौका, गेटाफे विजयी
दोहोरो नागरिकता बनाउने व्यक्ति पक्राउ परेका छन् ।
दोहोरो नागरिकता बनाउने व्यक्ति पक्राउ परेका छन् ।

तपाईंले छुटाउनुभयो कि?