चुनावी भिडन्तमा हात छिनिएको रिस फेर्न परिषद् बैठकमै हमला
सारांश
- धादिङ।
- नीलकण्ठ नगरपालिका ८ नं वडाका सदस्य रमेश कोइराला माथि आइतबार वडा परिषद् चलिरहेको बेला आक्रमणको भएको छ।
- एक महिना अघि सोही वडाका नेपाली काँग्रेस कार्यकर्ता ठाकुर कुमाललाई उनकै कार्यकर्ताले आक्रमण गरी एउटा हात काटिदिएपछि अस्पतालबाट उपचार गरी फर्किएका कुमालले पुरानो विवादमा वडा सदस्यले अभियोग लागेकालाई संरक्षण गरेको भन्दै परिषद् चलिरहेको बेला आक्रमण गरेका हुन् ।
धादिङ। नीलकण्ठ नगरपालिका ८ नं वडाका सदस्य रमेश कोइराला माथि आइतबार वडा परिषद् चलिरहेको बेला आक्रमणको भएको छ।
एक महिना अघि सोही वडाका नेपाली काँग्रेस कार्यकर्ता ठाकुर कुमाललाई उनकै कार्यकर्ताले आक्रमण गरी एउटा हात काटिदिएपछि अस्पतालबाट उपचार गरी फर्किएका कुमालले पुरानो विवादमा वडा सदस्यले अभियोग लागेकालाई संरक्षण गरेको भन्दै परिषद् चलिरहेको बेला आक्रमण गरेका हुन् ।
कुमाल समेतको आक्रमणबाट नीलकण्ठ–८ का कृष्ण ढुङ्गाना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजीयार थारुले बताए ।
कुमालले वडा परिषद भएको ठाउँमा आक्रमण गरेर एकजना घाइते भएपछि वडा परिषद्समेत स्थगित गरिएको बताउँदै वडा अध्यक्ष गुणबहादुर थपलियाले अपराधमा संलग्नलाई कारबाही गर्नुपर्ने बताए । रासस
प्रतिक्रिया