गणतन्त्र स्मारक खुला गरिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ५, २०७६
|
|
२४ पटक हेरिएको
Shares
गणतन्त्र स्मारक खुला गरिने

सारांश

  • काठमाडौं, माघ ५ ।
  • आगामी जेठ १५ अर्थात गणतन्त्र दिवसको देखि सर्वसाधारणका लागि नारायणहिटीस्थित गणतन्त्र स्मारक खुला गरिने भएको छ ।
  • सरकारले स्मारक नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेपछि १२ औं गणतन्त्र दिवसको दिन सो स्मारक खुला गर्ने तयारी सुरु गरिएको हो ।

काठमाडौं, माघ ५ । आगामी जेठ १५ अर्थात गणतन्त्र दिवसको देखि सर्वसाधारणका लागि नारायणहिटीस्थित गणतन्त्र स्मारक खुला गरिने भएको छ ।

सरकारले स्मारक नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेपछि १२ औं गणतन्त्र दिवसको दिन सो स्मारक खुला गर्ने तयारी सुरु गरिएको हो ।

निर्माण सम्पन्न भएको ७ वर्षपछि हस्तान्तरण भएको स्मारकलाई व्यवस्थापन गर्न कम्तिमा पनि तीन महिना लाग्ने भएकाले सोही अनुसार तयारी सुरु भएको समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।शहरी विकास तथा भवन निर्माण विभागले २०६९ चैतबाट गणतन्त्र स्मारक निर्माण गर्न सुरु गरेको थियो । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?