चुनाव सकिएपछि कहाँ गए रोल्पाका नेता ?
सारांश
- रोल्पा, मंसिर १४ – पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा चुनाव सकिएपछि फुर्सदिला बनेका रोल्पाका नेता दोस्रो चरणमा हुने विभिन्न जिल्लाको चुनाव प्रचार–प्रसारमा हिडेका छन् ।
- नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुर घर्ती, कांग्रेस रोल्पाकी नेतृ एवम् प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवार टिका बुढाथापा, अन्य नेताहरु मानबहादुर खत्री, श्रीकुमारी रोका, लक्ष्मी डाँगी, धनीप्रसाद बुढा लगायतका नेताहरु अन्य जिल्लाको चुनावी दौडाहामा हिडेका छन् ।
- उक्त टोली दाङको लमही, नेपालगञ्ज, कैलाली हुदैं चुनावी प्रचार–प्रसारको लागि डडेल्धुरा पुगेको छ ।
रोल्पा, मंसिर १४ – पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा चुनाव सकिएपछि फुर्सदिला बनेका रोल्पाका नेता दोस्रो चरणमा हुने विभिन्न जिल्लाको चुनाव प्रचार–प्रसारमा हिडेका छन् ।
नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुर घर्ती, कांग्रेस रोल्पाकी नेतृ एवम् प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवार टिका बुढाथापा, अन्य नेताहरु मानबहादुर खत्री, श्रीकुमारी रोका, लक्ष्मी डाँगी, धनीप्रसाद बुढा लगायतका नेताहरु अन्य जिल्लाको चुनावी दौडाहामा हिडेका छन् । उक्त टोली दाङको लमही, नेपालगञ्ज, कैलाली हुदैं चुनावी प्रचार–प्रसारको लागि डडेल्धुरा पुगेको छ ।
यस्तै माओवादी केन्द्रका नेता एवम् रोल्पाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार वर्षमान पुन सहितको टोली पनि चुनावी प्रचारका लागि दाङ झरेको छ । पहिलो चरणमा चुनाव भएको रोल्पामा चुनाव सकिएसँगै नेता जिल्ला बाहिर हिडेपछि रोल्पा सुनसान बनेको छ ।
Damar Grg
Moryo neta haru
Om Prakash
testai ho paila ta hami phalno patika manxe bhanthe timi haru pani ta neta hau k chayo ab uni haru ab arko chunba vetaula hahaha
Om Prakash
ultai vai vaj kat mar …ti sorthi ko lagi..thukka ..
Manoj Thapa
Hor
Sher Oli
Rolpa chidina ra kata headko