यातायात सेवा विस्तारमा समस्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ३, २०७६
|
|
३२ पटक हेरिएको
Shares
यातायात सेवा विस्तारमा समस्या

सारांश

  • यातायात सेवा कार्यालय उदयपुरले सबै प्रकारका यातायात सेवा र सवारीसम्बन्धी काम गर्ने अख्तियार प्रदेश नं १ सरकारबाट प्राप्त गरे पनि यातायात व्यवस्थापन विभागले प्रदेश कोर्ड उपलब्ध नगराउँदा सेवा विस्तार गर्न समस्या भएको छ ।
  • विसं २०६७ मा सिरहाको लहानस्थित यातायात सेवा कार्यालयको उपशाखाका रुपमा उदयपुरसहित पहाडी जिल्ला खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा हेर्ने गरी स्थापना भएको याताया सेवा कार्यालय उदयपुरले ब्लुुबुक नवीकरण र सामान्य सवारी कर लिने अख्तियार प्राप्त गरेको थियो ।
  • पटक–पटक प्रदेश सरकारलाई अनुरोध गरे पछि भदौ ५ गते प्रदेश नं १ सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात सेवा कार्यालय गाईघाटलाई सबै प्रकारको सेवा विस्तार गर्न अनुमतिपत्र प्रदान गरेको थियो ।

यातायात सेवा कार्यालय उदयपुरले सबै प्रकारका यातायात सेवा र सवारीसम्बन्धी काम गर्ने अख्तियार प्रदेश नं १ सरकारबाट प्राप्त गरे पनि यातायात व्यवस्थापन विभागले प्रदेश कोर्ड उपलब्ध नगराउँदा सेवा विस्तार गर्न समस्या भएको छ ।

विसं २०६७ मा सिरहाको लहानस्थित यातायात सेवा कार्यालयको उपशाखाका रुपमा उदयपुरसहित पहाडी जिल्ला खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा हेर्ने गरी स्थापना भएको याताया सेवा कार्यालय उदयपुरले ब्लुुबुक नवीकरण र सामान्य सवारी कर लिने अख्तियार प्राप्त गरेको थियो । पटक–पटक प्रदेश सरकारलाई अनुरोध गरे पछि भदौ ५ गते प्रदेश नं १ सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात सेवा कार्यालय गाईघाटलाई सबै प्रकारको सेवा विस्तार गर्न अनुमतिपत्र प्रदान गरेको थियो ।

यातायात सेवा कार्यालय गाईघाटका प्रमुख सुवास कार्कीका अनुसार प्रदेश सरकारले सबै प्रकारका सेवा विस्तार गर्ने अनुमतिपत्र प्रदान गरे पनि अहिलेसम्म यातायात व्यवस्था विभागले प्रदेश कोड उपलब्ध नगराउँदा तथा इडिएलभिआरएस प्रणाली जडान गर्न समस्या हुँदा सेवा विस्तार गर्न समस्या भएको हो । विगतमा ब्लुुबुक नवीकरण र समान्य कर मात्र लिने अधिकार पाएको यातायात सेवा कार्यालयले अहिले नामसारी, पञ्जीकरण, रुटपर्मिट, जाँचपास एवम चालक अनुमतिपत्रको नवीकरण, प्रतिलिपि अधिकारसहित सेवा विस्तार गर्ने अख्तियार प्राप्त भएको कार्की बताउनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेरिस ओलम्पिक– २०२४ : प्रिन्सले नतिजालाई आफ्नो पक्षमा ल्याउन सकेनन्
पेरिस ओलम्पिक– २०२४ : प्रिन्सले नतिजालाई आफ्नो पक्षमा ल्याउन सकेनन्
वनले जग्गा उपलब्ध नगराएपछि मोदीको नेपाल भ्रमण रोकियो
वनले जग्गा उपलब्ध नगराएपछि मोदीको नेपाल भ्रमण रोकियो
प्रदेश ७ को दोस्रो  तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि
प्रदेश ७ को दोस्रो तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि
सफलताको कथा : भारतीय सेनाका निवृत्त आले कृषि पेशाबाट ६ लाख कमाउँदै
सफलताको कथा : भारतीय सेनाका निवृत्त आले कृषि पेशाबाट ६ लाख कमाउँदै
प्रतिनिधिसभा विघटन हुँदा प्रदेश र स्थानीय सरकारमा समस्या
प्रतिनिधिसभा विघटन हुँदा प्रदेश र स्थानीय सरकारमा समस्या
कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण
कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण
किन नेपालमा पढ्नै चाँहदैनन् युवा ? नो अब्जेक्सन लेटर लिनेको संख्या झन बढ्यो
किन नेपालमा पढ्नै चाँहदैनन् युवा ? नो अब्जेक्सन लेटर लिनेको संख्या झन बढ्यो
विदेशबाट लिएको सवारी लाइसेन्स प्रदेश सरकारले नेपालीकरण गर्ने
विदेशबाट लिएको सवारी लाइसेन्स प्रदेश सरकारले नेपालीकरण गर्ने
नयाँ शक्तिका ५ दलित नेताले दिए राजीनामा
नयाँ शक्तिका ५ दलित नेताले दिए राजीनामा
स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको ओलीको दावी
स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको ओलीको दावी

तपाईंले छुटाउनुभयो कि?