आईजीपी अर्यालको अडानलाई लत्याउँदै गृहमन्त्रीले हप्काए आईजीपीलाई ?
सारांश
- काठमाडौं ।
- पछिल्लो समय प्रहरीको उच्च तहमा भएका बढुवामा आईजीपी प्रकाश अर्यालले आफू निकटका अधिकृतहरुलाई जबर्जस्ती पहिलो नम्बरमा बढुवा गराउने उद्देश्य राखेको थाहा पाएपछि गृहमन्त्ती जनार्दन शर्माले आईजीपी अर्याललाई हप्काएका छन् ।
- मन्त्री निकट स्रोतका अनुसार आईजीपी अर्यालले गत आइतबार डीएसपी र एसपी बढुवा गर्न २०५६ को ब्याचबाट आफूनिकटका ३ अधिकृतलाई क्रमशः पहिलो दोस्रो र तेस्रो वरीयतामा राखेर बढुवा गराउन खोजेपछि गृहमन्त्री शर्माले आईजीपीलाई गाली गरेका हुन् ।
काठमाडौं । पछिल्लो समय प्रहरीको उच्च तहमा भएका बढुवामा आईजीपी प्रकाश अर्यालले आफू निकटका अधिकृतहरुलाई जबर्जस्ती पहिलो नम्बरमा बढुवा गराउने उद्देश्य राखेको थाहा पाएपछि गृहमन्त्ती जनार्दन शर्माले आईजीपी अर्याललाई हप्काएका छन् ।
मन्त्री निकट स्रोतका अनुसार आईजीपी अर्यालले गत आइतबार डीएसपी र एसपी बढुवा गर्न २०५६ को ब्याचबाट आफूनिकटका ३ अधिकृतलाई क्रमशः पहिलो दोस्रो र तेस्रो वरीयतामा राखेर बढुवा गराउन खोजेपछि गृहमन्त्री शर्माले आईजीपीलाई गाली गरेका हुन् । २०५३ चैत १८ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका आफू निकटका केही अधिकृतहरुलाई जबर्जस्ती बढुवा गरेर ३ वटा ब्याच मर्ज गर्न खोजेको बुझेपछि मन्त्री शर्माले आईजीपी अर्याललाई हप्काएका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार अर्यालले वरीयतामा दुई वर्ष सिनियर अधिकृतहरुलाई बढुवामा पाखा लगाएर आफ्नो सचिवालयमा कार्यरत डीएसपी भूपेन्द्र खत्रीलाई पहिलो नम्बर, उनका पीए सविन प्रधानलाई दोस्रो नम्बर र अर्का जिल्लावासी डीएसपी बसन्त रजौरेलाई बढुवा गराउन खोजेपछि विवाद सृजना भएको हो । गृह स्रोतका अनुसार आईजीपी अर्यालले पूर्वाग्रह राख्दै २०५४ चैत १८ को ब्याचबाट पहिलो नम्बरमा रहेका दानबहादुर कार्की, लोकन्द्र श्रेष्ठ, शारदा चौधरीलाई छुटाएर आफू निकटका तीन अधिकृतलाई बढुवा गर्न खोजेका थिए ।
कार्यसम्पादन मूल्यांकनको हवाला दिँदै आईजीपी अर्यालले पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालको डिजाइनमा व्यावसायिक अधिकृतको घाँटी रेट्न उद्दत रहेको थाहा पाएपछि उनले लगेर बुझाएको बढुवाको फाइल गृहमन्त्री शर्माले फ्ँयाकेका थिए । गृह उच्च स्रोतका अनुसार पछिल्लो समय आईजीपी अर्याल र गृहमन्त्री शर्माबीच राम्रोसँग बोलचाल भएको छैन । सोही कारण सईबाट इन्स्पेक्टरमा बढुवा केही दिनदेखि रोकिएको छ ।
प्रतिक्रिया