वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०८१
|
|
२९ पटक हेरिएको
Shares
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

सारांश

  • काठमाडौं।
  • वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई पराजित गरेको छ।
  • सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको हो।

काठमाडौं। वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई पराजित गरेको छ। सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको हो।

वेस्ट इन्डिज ‘ए’ ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहँदै ७१ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ नदिँदा नेपालले हार व्यहोरेको थियो।

यसअघि टस जितेर पहिला ब्याटिंङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए। त्यस्तै कप्तान रोस्टन चेजले २३ रन बनाए भने गुडाकेस मोतीले अविजित ३३ तथा जोन्सन चार्लेजले ११ रन बनाएका थिए।

त्यसैगरी नेपालका बलर सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

वेस्ट इन्डिज ‘ए’ को यो जित पछि ५ खेलको सिरिज १-१ ले बराबरी भएको छ। अब सिरिजको तेस्रो खेल खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २२ घण्टा सन्चालनमा, यस्तो दैनिक तालिका
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २२ घण्टा सन्चालनमा, यस्तो दैनिक तालिका
Theatre has 20 claims against Spacey
Theatre has 20 claims against Spacey
रियल मड्रिडको नाममा रोनाल्डोको भावुक पत्र (पूर्ण पत्रसहित)
रियल मड्रिडको नाममा रोनाल्डोको भावुक पत्र (पूर्ण पत्रसहित)
सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरेपछि बुबाले पनि गरे सुसाइट नोट लेखेर आत्महत्या
सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरेपछि बुबाले पनि गरे सुसाइट नोट लेखेर आत्महत्या
पर्यटकीय क्षेत्रको प्रचार गर्ने निकाय नेतृत्वविहीन अवस्थामा
पर्यटकीय क्षेत्रको प्रचार गर्ने निकाय नेतृत्वविहीन अवस्थामा
प्रधानमन्त्री ओलीलाई भेट्दा बीचमा शिशा !
प्रधानमन्त्री ओलीलाई भेट्दा बीचमा शिशा !
खेतमा युवासंघ, मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक: अध्यक्ष पौडेल
खेतमा युवासंघ, मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक: अध्यक्ष पौडेल
आज विश्व दूध दिवस मनाइँदै
आज विश्व दूध दिवस मनाइँदै
चार महिनामै १४ जनाविरुद्ध रेडकर्नर नोटिस, को-को छन् खोजीको सूचीमा?
चार महिनामै १४ जनाविरुद्ध रेडकर्नर नोटिस, को-को छन् खोजीको सूचीमा?
बी एण्ड सी हस्पिटलको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनप्रति आपत्ति
बी एण्ड सी हस्पिटलको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनप्रति आपत्ति

तपाईंले छुटाउनुभयो कि?