चैत १५ भित्र मन्त्रीहरु फेर्ने तयारीमा देउवा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १, २०७८
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री शेरबहादुर देउवाले रिक्त दुई मन्त्रालयमा मन्त्रीहरु नियुक्त गर्ने तयारी गरेका छन् ।
  • यसबाहेक केही मन्त्रीहरु हटाएर नयाँलाई बनाउनेबारे छलफल समेत बढाएका छन् ।
  • चैत १५ मा निर्वाचन आचारसंहिता लाग्ने भएकाले देउवाले अर्को हप्ताभित्र निर्णय लिने तयारी गरेको बुझिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले रिक्त दुई मन्त्रालयमा मन्त्रीहरु नियुक्त गर्ने तयारी गरेका छन् । यसबाहेक केही मन्त्रीहरु हटाएर नयाँलाई बनाउनेबारे छलफल समेत बढाएका छन् । चैत १५ मा निर्वाचन आचारसंहिता लाग्ने भएकाले देउवाले अर्को हप्ताभित्र निर्णय लिने तयारी गरेको बुझिएको छ । त्यसका लागि उनले आन्तरिक र गठबन्धनका शिर्ष नेताहरुसँग छलफल बढाइसकेका छन् ।

देउवाले रक्षाका अलावा उद्दोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो दलबाट मन्त्री बनाउने भएका छन् । मन्त्री बनाउँदा पूर्वमहामन्त्री प्रकाशमान सिंहले चाहेको एकजना र अर्को आफ्नो चाहना बमोजिमलाई रोज्ने विश्वस्त स्रोतले बताएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट सबै मन्त्रीहरु फिर्ता बोलाइने तयारी भएको छ । नेकपा एसमा आलोपालो मन्त्री बन्ने सहमति भएको थियो । अहिले स्वास्थ्यमा विरोध खतिवडा, श्रममा कृष्णकुमार श्रेष्ठ, पर्यटनमा प्रेम आले, सहरी विकासमा रामकुमारी झाँक्री मन्त्री छन् ।

स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ छन् । चार मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मौका दिने भएका छन् । अब मन्त्री बन्नेमा जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, मेटमणि चौधरी, निरादेवी जैरु र कृष्णलाल श्रेष्ठ रहेको बुझिएको छ ।

नेकपा माओवादी केन्द्रले पनि केही मन्त्री हेरफेर गर्ने विश्वस्त स्रोतले बताएको छ । प्रधानमन्त्री देउवाले नै माओवादी अध्यक्ष प्रचण्डसँग केही मन्त्रीको विषयमा प्रश्न उठाएर फेर्ने चाहना व्यक्त गरेका छन् ।

जनता समाजवादी पार्टीबाट पनि केही मन्त्री हेरफेरको सम्भावना छ । अध्यक्ष उपेन्द्र यादव र अर्का नेता डा. बाबुराम भट्टराईबीचको विवादले पनि त्यस्तो सम्भावना बढेको हो ।

देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी बनाउन खोजेका छन् । लोसपाले ३ मन्त्रालय मागेको छ । देउवाले २ मन्त्रालयमा सहमतिको प्रयास गरेको बुझिएको छ । लोसपा सरकारमा सहभागी भएमा माओवादी र एसले हाल लिएको मन्त्रालयबाट एक एक घटाउने तयारी भएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?