नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका अहम : राष्ट्रपति पौडेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३, २०७९
|
|
३७ पटक हेरिएको
Shares
नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका अहम : राष्ट्रपति पौडेल

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) को अहम भूमिका हुने बताएका छन् ।
  • राष्ट्रपति कार्यालय शीतल निवासमा एनआरएनएका प्रतिनिधिसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालको साहित्यिक, सांस्कृतिक र प्राकृतिक विविधतालाई विश्वमाझ चिनाउन अपिल गरे ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) को अहम भूमिका हुने बताएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा एनआरएनएका प्रतिनिधिसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालको साहित्यिक, सांस्कृतिक र प्राकृतिक विविधतालाई विश्वमाझ चिनाउन अपिल गरे ।

आदिकवि भानुभक्त आचार्यको जन्म भएको तनहुँको चुँदीरम्घामा राष्ट्रिय एकतालाई भावनात्मकरूपमा विकास गर्न आफूले बृहत् योजना ल्याएको भन्दै उनले त्यसमा सहभागी भई योगदान गर्न एनआरएनएका प्रतिनिधिलाई आह्वान गरे ।

राष्ट्रपति पौडेलले आफू गैरआवासीय नेपालीका गतिविधि र अभियानबारे जानकार रहेको भन्दै सङ्घले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एनआरएनएका कार्यकारी अध्यक्ष रविना थापाले राष्ट्रपति पौडेललाई विश्वभरका गैरआवासीय नेपालीको प्रतिनिधित्व गर्दै सङ्घको तर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाले उठाएका मुद्दाप्रति ध्यानाकर्षण गराए ।

अध्यक्ष कुल आचार्यले नेपालमा लगानीको वातावरण स्थापित गर्न अझै कयौँ कानूनी व्यवधान रहेको भन्दै पूँजी पलायन रोक्न र लगानी भित्र्याउने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए । सो अवसरमा एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाली जहाँ रहे पनि समृद्ध नेपाल निर्माणका लागि उत्साही र इच्छुक रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली छोरा बनाई नागरिकता बनाउन खोज्ने पक्राउ
सर्वाेच्चकाे आदेशपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल के हुन्छ?
सर्वाेच्चकाे आदेशपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल के हुन्छ?
इलामको एक मतदान केन्द्रमा महिला मात्रै कर्मचारी
इलामको एक मतदान केन्द्रमा महिला मात्रै कर्मचारी
जिततर्फ उन्मुख रास्वपाका स्वर्णिम वाग्ले
जिततर्फ उन्मुख रास्वपाका स्वर्णिम वाग्ले
निर्मला प्रकरण : अनुसन्धान प्रभावकारी बनाउन एसपी दुर्गा सिंह चन्द कञ्चनपुरतिर
निर्मला प्रकरण : अनुसन्धान प्रभावकारी बनाउन एसपी दुर्गा सिंह चन्द कञ्चनपुरतिर
नेपालको विकासका लागि युएई सहयोग गर्न इच्छुक: राजदुत सइद
नेपालको विकासका लागि युएई सहयोग गर्न इच्छुक: राजदुत सइद
हल बन्याे प्रदिपमय, रामकहानी गाेपि कृष्णमा नदेखाइनुकाे कारण यस्ताे छ !(भिडियाेसहित)
हल बन्याे प्रदिपमय, रामकहानी गाेपि कृष्णमा नदेखाइनुकाे कारण यस्ताे छ !(भिडियाेसहित)
फेरि मन्त्रीमण्डल विस्तार हुने संकेत, दुई राज्यमन्त्री थप्ने तयारी
फेरि मन्त्रीमण्डल विस्तार हुने संकेत, दुई राज्यमन्त्री थप्ने तयारी
जोन बचाऊ-बचाऊ भनेर चिच्याउँथे, कसैले सुन्दैनथे
जोन बचाऊ-बचाऊ भनेर चिच्याउँथे, कसैले सुन्दैनथे
अधिकृतले मनलाग्दी गरेको भन्दै गौशाला नगरपालिकामा तालाबन्दी
अधिकृतले मनलाग्दी गरेको भन्दै गौशाला नगरपालिकामा तालाबन्दी

तपाईंले छुटाउनुभयो कि?