बाराक अाेबामाका प्रतिश्पर्धि तथा सिनेटर जोन म्याक्केनको ८१ वर्षको उमेरमा निधन !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
बाराक अाेबामाका प्रतिश्पर्धि तथा सिनेटर  जोन म्याक्केनको ८१ वर्षको उमेरमा निधन !

सारांश

  • वासिङ्टन, १० भदौ ।
  • अमेरिकाको राष्ट्रपतीय उम्मेदवार रहिसकेका चर्चित राजनीतिज्ञ सिनेटर जोन म्याक्केनको मस्तिष्क क्यान्सरका कारण शनिबार निधन भएको छ ।
  • उहाँ ८१ वर्षका हुनुहुन्थ्यो ।

वासिङ्टन, १० भदौ । अमेरिकाको राष्ट्रपतीय उम्मेदवार रहिसकेका चर्चित राजनीतिज्ञ सिनेटर जोन म्याक्केनको मस्तिष्क क्यान्सरका कारण शनिबार निधन भएको छ । उहाँ ८१ वर्षका हुनुहुन्थ्यो । भियतनाममा अमेरिकी सेनाका तर्फबाट युद्ध लडेका म्याक्केन सैनिक जीवनबाट अवकाश लिएसँगै राजनीतिमा आउनुभएको थियो । अमेरिकी राजनीतिमा आक्रामक स्वभाव भएका रिपब्लीकन पार्टीका वरिष्ठ नेता म्याक्केन कतिपय नीतिहरुमा पार्टी धारणाभन्दा भिन्न विचार राख्ने गर्नुहुन्थ्यो । उहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर आलोचक मानिनु हुन्थ्यो । उहाँ अमेरिकाको एरिजोना राज्यबाट छ पटक सिनेटमा चुनिनु भएको थियो । राष्ट्रपतिमा रिपब्लीकनका तर्फबाट उम्मेदवार हुनुभएका म्याक्केन पूर्व राष्ट्रपति बाराक ओबामासँग पराजित हुनु भएको थियो ।

ओबामासँग चुनावमा पराजित भएपछि पनि म्याक्केनले राजनीतिबाट अवकाश लिनु भएन । उहाँ पुनः सिनेटमा निर्वाचित हुनुभयो । अमेरिकी राजनीति र राष्ट्रपतिका नीतिहरुमा खुला छलफल र कडा बहसमा उत्रन रुचाउने उहाँको पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विभिन्न विषयमा तिब्र मतान्तर रहिआएको थियो । सैनिक परिवारका म्याक्केनले संसदको सैनिक सेवा समितिको अध्यक्षको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ अमेरिकी सैनिकको व्यापक उपस्थिति विश्वमा रहनुपर्दछ भन्ने धारणा राख्नुहुन्थ्यो । उहाँ अमेरिकालाई ध्वस्त पार्न चाहने उग्रवादी इस्लामी बललाई परास्त गर्नुपर्नेमा दृढ विचार राख्नुहुन्थ्यो ।

सन् २०१७ मा उहाँले गरेको एउटा नाटकीय मतदान सदैब सम्झना गर्ने गरिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खारेज गर्न चाहेको जीवन बीमा सम्बन्धी चर्चित विधेयक “एफोर्डेबल केयर एक्ट” मा म्याक्केनले लामो छलफलपछि विपक्षमा मतदान गर्नुभएको थियो । त्यही एक मतका कारण ट्रम्पको प्रस्ताव बिफल हुनुका साथै ओबामाले ल्याएको ऐनले निरन्तरता पाएको थियो । म्याक्केनको निधनप्रति राष्ट्रपति ट्रम्प, पूर्व राष्ट्रपति बाराक ओबामा लगायत अन्य विशिष्ट व्यक्तिहरुले दुःख व्यक्त गर्दै अमेरिकाले एकजना इमान्दार र असल व्यक्ति गुमाएको प्रतिक्रिया दिनुभएको छ ।

(https://allproshadeconcepts.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलि बुधबार बिजोर नम्बर प्लेटका सवारी मात्रै गुड्न पाउने
भोलि बुधबार बिजोर नम्बर प्लेटका सवारी मात्रै गुड्न पाउने
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुँदैन : सभामुख घर्ती
कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुँदैन : सभामुख घर्ती
३२ जिल्लामा मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?
३२ जिल्लामा मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?
प्रधानमन्त्री ओलीलाई मन्त्री छान्न सकस, यी हुन् मन्त्रीका आकांक्षी
प्रधानमन्त्री ओलीलाई मन्त्री छान्न सकस, यी हुन् मन्त्रीका आकांक्षी
मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने
मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने
खेन्पो पेम छिरिको गीतमा मनको चर्चा, सुशान्त खत्री फिचरिङ
खेन्पो पेम छिरिको गीतमा मनको चर्चा, सुशान्त खत्री फिचरिङ
टिफा बैठक : अमेरिका र नेपालबीच व्यापार तथा लगानी प्रवर्द्धनमा जोड
टिफा बैठक : अमेरिका र नेपालबीच व्यापार तथा लगानी प्रवर्द्धनमा जोड
२ दशक संगीत क्षेत्रमा आफ्नो जीवन अर्पेका संगीतकार तथा गायक कमल सौरागको एकल साँझ भब्य रुपमा सम्पन्न हुदै
२ दशक संगीत क्षेत्रमा आफ्नो जीवन अर्पेका संगीतकार तथा गायक कमल सौरागको एकल साँझ भब्य रुपमा सम्पन्न हुदै
भक्तपुरमा निर्माण हुने अन्तराष्ट्रिय रङ्गशालाको निर्माणस्थलकाे अबलाेकन
भक्तपुरमा निर्माण हुने अन्तराष्ट्रिय रङ्गशालाको निर्माणस्थलकाे अबलाेकन

तपाईंले छुटाउनुभयो कि?