चोरी गर्न आएको अवस्थामा पक्राउ
सारांश
- सुनसरी, १० असोज दुहबी–८ मुसरीया टोल बस्ने पृथ्वीलाल ऋषिदेवको घरमा नम्बर नखुलेको मोटरसाइकलमा चोरी गर्न आएका ३ जनामध्ये दुहबी–८ बस्ने २७ बर्षीय मुर्तुजा मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।
- मंगलबार बिहान चोरी गर्न आएका मियाँलाई स्थाानियबासीले नियन्त्रणमा लिएको र अन्य २ जना फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
- साथै अभियुक्तहरुले उक्त घरभित्र छाडी गएको १ थान कटुवा पेस्तोल र गोली १ थान प्रहरीले फेला पारी बरामद गरेको छ ।
सुनसरी, १० असोज
दुहबी–८ मुसरीया टोल बस्ने पृथ्वीलाल ऋषिदेवको घरमा नम्बर नखुलेको मोटरसाइकलमा चोरी गर्न आएका ३ जनामध्ये दुहबी–८ बस्ने २७ बर्षीय मुर्तुजा मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बिहान चोरी गर्न आएका मियाँलाई स्थाानियबासीले नियन्त्रणमा लिएको र अन्य २ जना फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । साथै अभियुक्तहरुले उक्त घरभित्र छाडी गएको १ थान कटुवा पेस्तोल र गोली १ थान प्रहरीले फेला पारी बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया