चौंथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन सुरु !

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १२, २०७५
|
|
५८ पटक हेरिएको
Shares
चौंथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन सुरु !

सारांश

  • कास्कि, १२ जेठ ।
  •   चौंथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन शनिबार देखि पोखरामा शुरु भएको छ ।
  • दक्षिण एसियाली ज्योतिष महासंघको आयोजनामा भएको कार्यक्रम आइबार सम्म सञ्चालन हुने छ ।

कास्कि, १२ जेठ ।  चौंथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन शनिबार देखि पोखरामा शुरु भएको छ ।

दक्षिण एसियाली ज्योतिष महासंघको आयोजनामा भएको कार्यक्रम आइबार सम्म सञ्चालन हुने छ । सम्मेलनमा नेपाल सहित भारत, कोरिया, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड, मलेसिया, हङकङ, इण्डोनेसिया लगायतका ११ देशका प्रतिनिधीको सहभागिता रहेको ज्योतिष सम्मेलन मूल तयारी समितिका संयोजक डा लोकराज पौडेलले जानकारी दिए ।

सम्मेलनमा ज्योतिषहरुले पालना गर्ने आचार संहिता कस्तो बनाउने, ज्योतिषीको मान्यतालाई दक्षिण एसिया भित्र कस्तो बताउने, नयाँ पुस्तालाई ज्योतिष विज्ञानप्रति आर्कषण कसरी बनाउन लगाएतका छलफल हुने छन् ।
सम्मेलनको प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्वाले उद्घाटन गरे । उनले नयाँ पुस्तालाई ज्योतिष विज्ञानप्रति आर्कषण हुने गरी काम गर्न सुझाव दिए । ‘ज्योतिष र बास्तुको महत्व बढदै गएको हुदाँ मानिसले कुनै शुभ कार्यगर्नु अगाडी ज्योतिषको सल्लाहा सुझाव लिने गर्दछ,’ उनले भने ‘यसलाई मयादीत बनाउन अगाडी बढ्नु होस् ।’

सोही अवसरमा पत्रकारीताको क्षेत्रबाट ५ जना र अन्य विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम, राष्ट्रिय धर्म सेवा नेपालका अध्यक्ष एवं पूर्व पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा माधव भट्टराई, विशिष्ट व्यत्तिव प्रा श्रीकृष्ण अधिकारी, संस्कृत एवं ज्योतिषविद डा जगमान गुरुङ, एसियन एष्ट्रोलोजर कांग्रेस भारतका सभापति डा सत्य विश्वास, वरिष्ट वास्तुविद डा माधव मंगल जोशी लगायतलाई अभिनन्दन गरीएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेमकिपाःसातै प्रदेशमा संयोजक मनोनीत
पूर्वी नाका पशुपतिनगरमा प्रहरीको आधुनिक भवन, उपाध्यायले गरे उद्घाटन
पूर्वी नाका पशुपतिनगरमा प्रहरीको आधुनिक भवन, उपाध्यायले गरे उद्घाटन
भुवन केसीकी पूर्वपत्नी सुस्मितालाई चुम्बन गर्ने यी व्यक्ति को होलान् ?
भुवन केसीकी पूर्वपत्नी सुस्मितालाई चुम्बन गर्ने यी व्यक्ति को होलान् ?
रबि लामिछानेले चितवन २ बाट मंसिरमा भन्दा बढी मत पाउने संकेत
रबि लामिछानेले चितवन २ बाट मंसिरमा भन्दा बढी मत पाउने संकेत
केन्द्रीय कमिटी बैठकको तयारीमा  प्रचण्ड
केन्द्रीय कमिटी बैठकको तयारीमा  प्रचण्ड
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
नेवार समूदायले आज पनि भाइटीका (किजापूजा) गर्दै
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
मेचीनगरको बजेट एक अर्ब ८८ करोड
मेचीनगरको बजेट एक अर्ब ८८ करोड
‘मोस्ट वान्टेड’ हुँदा पक्राउ गर्न नसकेका थापालाई सर्वेन्द्रले गरे सम्मान !
‘मोस्ट वान्टेड’ हुँदा पक्राउ गर्न नसकेका थापालाई सर्वेन्द्रले गरे सम्मान !