पूर्वी नाका पशुपतिनगरमा प्रहरीको आधुनिक भवन, उपाध्यायले गरे उद्घाटन

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
पूर्वी नाका पशुपतिनगरमा प्रहरीको आधुनिक भवन, उपाध्यायले गरे उद्घाटन

सारांश

  • ईलाम, माघ ३ ।
  • नेपाल–भारत सीमाको इलामस्थित इलाका प्रहरी कार्यालय पशुपतिनगरको सुविधासम्पन्न भवन र्निर्माण भएको छ ।
  • २०६० साल चैत २५ गते क्षतिग्रस्त भएको पशुपतिनगरको भवन १ करोड ४३ लाख ४० हजार ८१९ मा निर्माण सम्पन्न भएको हो ।

ईलाम, माघ ३ । नेपाल–भारत सीमाको इलामस्थित इलाका प्रहरी कार्यालय पशुपतिनगरको सुविधासम्पन्न भवन र्निर्माण भएको छ । २०६० साल चैत २५ गते क्षतिग्रस्त भएको पशुपतिनगरको भवन १ करोड ४३ लाख ४० हजार ८१९ मा निर्माण सम्पन्न भएको हो ।

भवनको भुई तलामा सुविधायुक्त पुरुष तथा महिला हिरासत कक्षहरु, गार्ड कक्ष, प्रशासनिक कक्ष, कार्यलय प्रमुख, अपराध अनुसन्धान कक्ष, महिला तथा बालबालिका सेवा केन्द्र, बैठक कक्ष र सञ्चार कक्ष लगायत रहेको प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिए । भवनमा १४ वटा कोठा रहेको छ ।

सो नवनिर्मीत भवनको प्रदेश नम्बर १ का प्रहरी प्रमुख एवं अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले मंगलवार उद्घाटन गरे । भवन उदघाटन गर्दै उनले भने, ‘अब कार्य क्षमतामा पनि सुधारको महसुस हुनेछ ।’ उनले प्रहरीमा पनि प्रविधिअनुसार अनुसन्धानको विधि परिवर्तन हुँदै गएकाले नागरिकमा परिवर्तनको महसुस हुने धारणा राखे ।

अतिरिक्त महानिरीक्षक उपाध्यायले अपराधको स्वरुप बदलिएको भन्दै प्रहरीले पनि अनुसन्धानको दायरा फराकिलो पारेको बताए । उनले अपराधको गहिराईमा पुगेरमात्र अपराधीको पहिचान गर्नुपर्ने बताए । उनले सामाजिक दवावाको भरमा अनुसन्धानलाई कसैप्रति केन्द्रित गर्नुनहुनेमा समेत जोड दिए ।

प्रहरी कार्यालयहरु पुनःनिर्माण गरिएपछि इलाका र प्रहरी चौकीले प्रदान गर्ने सेवामा आत्मबल समेत थपिएको महसुस भएको उनले बताएका छन् ।

इलाममा शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत ४ वटा प्रहरी इकाईको भवन पुनर्निर्माण भएको बताईएको छ ।

त्यस अवसरमा संघीय इकाई प्रहरी कार्यालय चन्द्रगढी झापाका प्रहरी प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले कर्तव्य पालनका क्रममा सबै तहले अग्रसरता लिनुपर्ने बताएका थिए । भवन निर्माण समितिकी अध्यक्ष सवित्री सिवाले प्रहरीको संरचनाले जनतालाई राहतको आभाष भएको बताईन् ।

(https://www.biolighttechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?