दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०८०
|
|
२१ पटक हेरिएको
Shares
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात

सारांश

  • काठमाडौँ ।
  • चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने रू २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ ।
  • भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार दुई महिनामा मुलुकले कुल रू दुई खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक व्यापार गर्दा रू दुई खर्ब ३३ अर्ब ३० करोड बराबर घाटा व्यहोरेको छ ।

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने रू २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ । भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार दुई महिनामा मुलुकले कुल रू दुई खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक व्यापार गर्दा रू दुई खर्ब ३३ अर्ब ३० करोड बराबर घाटा व्यहोरेको छ ।

विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा वस्तुको आयात पाँच दशमलव ६ प्रतिशत र निर्यात सात दशमलव ७९ प्रतिशतले घटेको छ । यो अवधिमा समग्र वैदेशिक व्यापारमा पाँच दशमलव ३२ प्रतिशतको गिरावट देखिएको हो ।

गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र रू एक खर्ब ६० अर्ब ७५ करोड बराबरको वस्तु आयात हुँदा रू १६ अर्ब ७३ करोड बराबरको निर्यात भएको छ । अर्थात् नेपालले यो अवधिमा भारतसँग मात्र रू एक खर्ब ४४ अर्बको व्यापार घाटा व्यहोरको छ ।

त्यस्तै, चीनबाट रू ४६ अर्ब ५४ करोड ३२ लाख बराबरको वस्तु आयात हुँदा रू ५४ करोड ३३ लाख बराबरको मात्रै निर्यात भएको छ ।

गत दुई महिना अवधिको चीनसँगको व्यापार घाटा करिब रू ४६ अर्ब बराबर हो ।नेपालले गर्ने वैदेशिक व्यापारमा नाफा भएको मुलुकमा भने संयुक्त राज्य अमेरिका देखिएको छ । साउन र भदौमा अमेरिकाबाट रू दुई अर्ब २२ करोड बराबरको वस्तु आयात गर्दा रू तीन अर्ब ३६ करोड बराबरको निर्यात गरेको देखिन्छ । अमेरिकासँगको व्यापार नाफा रू एक अर्ब १४ करोड बराबर हो ।

(www.newsoftwares.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लाइसेन्स खारेजपछि अब के हुन्छ स्मार्ट टेलिकमको अस्तित्व ?
लाइसेन्स खारेजपछि अब के हुन्छ स्मार्ट टेलिकमको अस्तित्व ?
क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिश गर्छु : सदस्य सचिव विष्ट
क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिश गर्छु : सदस्य सचिव विष्ट
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
पूर्वराष्ट्रपति भण्डारीको एमालेमा ‘इन्ट्री’ कतिको सम्भव ?
पूर्वराष्ट्रपति भण्डारीको एमालेमा ‘इन्ट्री’ कतिको सम्भव ?
संचारमन्त्रीले ७० करोड बार्गेनिङ्ग गरेको दावीसहितको अडियो सार्वजानिक (अडियो)
संचारमन्त्रीले ७० करोड बार्गेनिङ्ग गरेको दावीसहितको अडियो सार्वजानिक (अडियो)
बूढानीलकण्ठ नगरपालिकाका एक सय ४६ बालबालिकामा जन्मजात मुटुरोग
बूढानीलकण्ठ नगरपालिकाका एक सय ४६ बालबालिकामा जन्मजात मुटुरोग
सिके राउत भन्छन् ‘केपी ओली राजनेता हुन्, समृद्धि ओलीकै पालोमा आउँछ’
सिके राउत भन्छन् ‘केपी ओली राजनेता हुन्, समृद्धि ओलीकै पालोमा आउँछ’
निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने
निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने
राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले भेटे मुस्कानलाई
राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले भेटे मुस्कानलाई
सरकारमा जान उपेन्द्र यादवले राखे यस्ता सर्त
सरकारमा जान उपेन्द्र यादवले राखे यस्ता सर्त

तपाईंले छुटाउनुभयो कि?