च्याम्पियन्स लिग: नापोलीमाथि रियल म्याड्रिड ४-२ ले विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०८०
|
|
३० पटक हेरिएको
Shares
च्याम्पियन्स लिग: नापोलीमाथि रियल म्याड्रिड ४-२ ले विजयी

सारांश

  • काठमाडौं।
  • युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले नापोलीलाई पराजित गरेको छ।
  • गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा रियल म्याड्रिडले नापोलीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले नापोलीलाई पराजित गरेको छ। गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा रियल म्याड्रिडले नापोलीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा रोड्रीगो, जुडे बेलिङघम, निको पाज र जोसेलुले एक एक गोल गरेका थिए। त्यसैगरी नापोलीका लागि गिओभानी सिमोओने र् आन्द्रे फ्र्यांक जाम्बोले एक एक गोल गरेका थिए।

यसै समूहका ब्रागा र युनियन बर्लिनले गएराती नै सम्पन्न खेलमा १-१ गोलको बराबरी खेलेका थिए। यो जितपछि रियल म्याड्रिडले ५ खेलमा सबै जितसहित १५ अंक हासिल गरेको छ र समूहमा शिर्ष स्थानमा रहेको छ।

त्यस्तै नापोलीको ५ खेलमा ७ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै ब्रागाको ५ खेलमा ४ अंक छ भने युनियन बर्लिनको ५ खेलमा २ अंक रहेको छ।

अब समूह चरणको अन्तिम खेलमा अर्को साता रियल म्याड्रिडले युनियन बर्लिनको सामना गर्ने छ भने नापोलीले ब्रागाको सामना गर्ने भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?