राजधानीमा दुई दिने ‘इण्डियन शैक्षिक’ मेला सुरु
सारांश
- काठमाडौँ, १३ जेठ ।
- नेपाल इण्डिया काउन्सील फर एजुकेसन (एन आइ सी इ)ले राजधानीमा इण्डियन एजुकेसन फेअर सुरु गरेको छ ।
- फेयरमा भारतका २० भन्दा बढी विश्वविद्यालय सम्मिलित एजुकेसन फेयरमा धेरै भन्दा धेरै विद्यार्थी द्वारा अवलोकन गराउने आयोजकको लक्ष्य छ ।
काठमाडौँ, १३ जेठ । नेपाल इण्डिया काउन्सील फर एजुकेसन (एन आइ सी इ)ले राजधानीमा इण्डियन एजुकेसन फेअर सुरु गरेको छ ।
फेयरमा भारतका २० भन्दा बढी विश्वविद्यालय सम्मिलित एजुकेसन फेयरमा धेरै भन्दा धेरै विद्यार्थी द्वारा अवलोकन गराउने आयोजकको लक्ष्य छ । फेयरमा चण्डिगढ विश्वविद्यालय चण्डिगढ , जैन विश्वविद्यालय ब्यांगलुरु, विभिसी इन्जिनियरिङ कलेज आन्द्र प्रदेश, क्यामब्रीज इन्सटिच्युट अफ टेक्नोलोजि लगाएतका शैक्षिक संस्थाको सहभागीता थियो ।
मेलामा चण्डिगढ विश्वविद्यालयका भर्ना तथा मार्केटिङ निर्देशक करन जीतले आफ्नो कलेज एसियाको फास्ट ग्रोइङ कलेज भएको बताए । जीतका अनुसार २५ हाजार विद्यार्थी अध्ययनरत रहेको उक्त विश्वविद्यालयमा ३ सय भन्दा बढी नेपाली विद्यार्थी छन् । ‘हाम्रो कलेजमा नेपाली विद्यार्थीका लागि स्टुडेन्ट सोसाइटी पनि रहेको छ , उनले भने ‘नेपालीलाई ५० प्रतिशत सम्म छात्रवृत्ति दिने गरेका छौँ ।’ चण्डिगढ विश्व विद्यालयले नेपालको त्रिभुवन विश्वविद्यालय सहित विश्वका १८० भन्दा बढी विश्वविद्यालयसँग सहकार्य गरेको जीत बताउँछन् । जीतका अनुसार ४० भन्दा बढी देशका विद्यार्थी पढ्ने उक्त कलेजमा व्यवस्थापन, मानविकी, विज्ञान लगायत सबै विषयको पढाइ हुने गर्छ ।
त्यस्तै प्रविधिक शिक्षाका लागि आफ्नो कलेज विश्वमै अग्रणी स्थानमा रहेको दावी गर्छन् क्याम्ब्रीज इन्सटिच्युट अफ टेक्नोलोजीका एड्मीसन एण्ड मार्केटिङ डिरेक्टर राजकुमार चक्रवर्ति ।
फेअरमा आएका विद्यार्थीहरुले पनि यस्तो कार्यक्रम हुनुलाई सकारात्मक रुपमा लिएकाछन् । आफ्नै नजिकै अन्तर्राष्ट्रिय कलेज आएर आफूहरुलाई बुझ्न र आफ्नो लागि कुन उचित भनेर छान्न सजिलो भएको विद्यार्थीहरुको भनाई छ ।
उक्त फेयर एनआइसीले आइतबार र साेमबार गरि दुर्इ दिन सम्म होटल अन्नपूर्णमा चल्ने छ ।
Rarahang Kulman
वाहा वाहा अब ईन्डियन सैक्षीक मेला पनि? अब कति कालो धन्दाको डिल हुने भयो?