झापामा आगलागीबाट पन्ध्र लाख बराबरको क्षति

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
२६ पटक हेरिएको
Shares
झापामा आगलागीबाट पन्ध्र लाख बराबरको क्षति

सारांश

  • सुरुङ्गा, झापा, १२ चैत ।
  •   कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।
  • आइतबार राति शुरु भएको आगलागी आज बिहान मात्रै सो संस्थाका सञ्चालक समितिका पदाधिकारी, कर्मचारी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

सुरुङ्गा, झापा, १२ चैत ।  कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।

आइतबार राति शुरु भएको आगलागी आज बिहान मात्रै सो संस्थाका सञ्चालक समितिका पदाधिकारी, कर्मचारी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट सभाकक्षका झ्याल, ढोका र सभाकक्षमा रहेका सम्पूर्ण फर्निचर नष्ट भएको संस्थाका अध्यक्ष प्रेमप्रसाद दाहालले जानकारी दिनुभयो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Samita Kc

    So sad news

    Comment Author

    Kc Ganesh

    यति गरेपछित भ्रसटचार गरेकाे प्रमाण पनि सकियाे ,ढुक्कै भयो होला ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?