शुरु भयाे बिम्स्टेक शिखर सम्मेलन !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
३३ पटक हेरिएको
Shares
शुरु भयाे बिम्स्टेक शिखर सम्मेलन !

सारांश

  • काठमाडौँ, १४ भदौ ।
  • बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ ।
  • प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै सम्मेलन प्रारम्भ भएको घोषणा गर्नुभयो ।

काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै सम्मेलन प्रारम्भ भएको घोषणा गर्नुभयो । अध्यक्षको आसनबाट उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले बिम्स्टेकको गहन एकीकरणको अपरिहार्यतामा जोड दिँदै शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध बिम्स्टेक क्षेत्र बनाउन सबै सदस्य मुलुकबाट आवश्यक प्रयास हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा नेपालसहित सात वटै सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख सहभागी हुँदै हुनुहुन्छ । शिखर सम्मेलनमा म्यान्माका राष्ट्रपति विन मिन्त र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आआफ्नो मुलुकको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । त्यसैगरी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा नेतृत्वको प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी भएको छ । सम्मेलनमा कायममुकायम प्रधानन्याधीश, सङ्घीय संसद्का सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, बिम्स्टेकका महासचिव, नेपाल सरकारका वरिष्ठ अधिकारीलगायत उपस्थित हुनुहुन्छ ।

शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमानुसार सम्बोधन गर्दै हुनुहुन्छ । ‘शान्त, समृद्ध र दिगोपनातर्फ उन्मुख बंगालको खाडी क्षेत्र’मा केन्द्रित रहेर उहाँहरुले आफ्ना अभिव्यक्ति प्रकट गर्नुहुनेछ । काठमाडौँ घोषणापत्र जारी गर्दै शुक्रबार अपराह्न शिखर सम्मेलन समापन हुनेछ । सम्मेलन समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलङ्काले गर्नेछ । यसअघि सन् २००४ मा थाइल्याण्ड, २००८ मा भारत र २०१४ मा म्यान्मामा बिम्स्टेक शिखर सम्मेलन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घट्दै सडक बालबालिका
घट्दै सडक बालबालिका
सेयर बजार सुस्त, नेप्से चम्किन नसक्नुमा यी हुन् कारण
सेयर बजार सुस्त, नेप्से चम्किन नसक्नुमा यी हुन् कारण
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि सत्तागठबन्धनमा धक्का, बालुवाटारमा बैठक जारी
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि सत्तागठबन्धनमा धक्का, बालुवाटारमा बैठक जारी
मनाेरञ्जन समाचार : स‌ंजय दत्तकाे अन्तर्वाता एकाएक भयाे भाइरल
मनाेरञ्जन समाचार : स‌ंजय दत्तकाे अन्तर्वाता एकाएक भयाे भाइरल
हाइटीमा सन् २०२३ मा सयौँंको सामूहिक हिंसाका कारण मृत्यु
हाइटीमा सन् २०२३ मा सयौँंको सामूहिक हिंसाका कारण मृत्यु
‘मिसन ग्रासरुट’ ले सम्झायो अष्टलक्ष्मीकी छोरीकी ‘भूमिगत आमा’
‘मिसन ग्रासरुट’ ले सम्झायो अष्टलक्ष्मीकी छोरीकी ‘भूमिगत आमा’
एक्काइसौँ शताब्दीको जनवाद नयाँ ढङ्गले लागू गर्दैछु : अध्यक्ष दाहाल
एक्काइसौँ शताब्दीको जनवाद नयाँ ढङ्गले लागू गर्दैछु : अध्यक्ष दाहाल
काठमाडौँको नयाँ बसपार्कबाट ४ महिनामा ७२१ जना पक्राउ
काठमाडौँको नयाँ बसपार्कबाट ४ महिनामा ७२१ जना पक्राउ
इलाम-१ मा पुनः निर्वाचन गर्न झलनाथले दायर गरेको रिट खारेज
इलाम-१ मा पुनः निर्वाचन गर्न झलनाथले दायर गरेको रिट खारेज
मोरङमा आजदेखि डेंगु रोग नियन्त्रण अभियान
मोरङमा आजदेखि डेंगु रोग नियन्त्रण अभियान

तपाईंले छुटाउनुभयो कि?