बिहानै उठ्नासाथ खान नहुने चीजहरु र खाली पेटमा पानी पिउनुका ७ फाइदा यस्ता छन्
सारांश
- हामीले अलिकति मात्रै ध्यान दिने हो भने हाम्रो स्वास्थ्यलाई राम्रो बनाउन धेरै दुखै गर्न पर्दैन ।
- विहान उठ्नासाथ शारीरिक अभ्यास जति महत्वपुर्ण मानिन्छ त्यति नै महत्वपुर्ण हुन्छ विहानको भोजन पनि ।
- स्वास्थ्यका दृष्टिकोणले महत्वपुर्ण र आवश्यक मानिने कतिपय खाद्यान्न हामीले तालिका नमिलाएर खाएको खण्डमा त्यसले शरिरलाई फाइदा होइन उल्टै हानी पुर्याउँछ पनि सक्छ ।
हामीले अलिकति मात्रै ध्यान दिने हो भने हाम्रो स्वास्थ्यलाई राम्रो बनाउन धेरै दुखै गर्न पर्दैन । विहान उठ्नासाथ शारीरिक अभ्यास जति महत्वपुर्ण मानिन्छ त्यति नै महत्वपुर्ण हुन्छ विहानको भोजन पनि । स्वास्थ्यका दृष्टिकोणले महत्वपुर्ण र आवश्यक मानिने कतिपय खाद्यान्न हामीले तालिका नमिलाएर खाएको खण्डमा त्यसले शरिरलाई फाइदा होइन उल्टै हानी पुर्याउँछ पनि सक्छ ।
गोलभेँडा
गोलभेँडामा एसिडको मात्रा हुन्छ । खाली पेटमा अघुलनशील पदार्थ पैदा गर्छ । खाली पेटमा गोलभेँडा खानु पेटमा पत्थर बन्ने कारणा बन्न सक्छ ।
दही
दही स्वास्थ्यवद्धक चिज हो, तर खाली पेटमा खानु निकै घातक हुन्छ । खाली पेटमा खाएको दहीले शरीरमा घातक केमिकललाई निम्त्याउँछ ।
केरा
खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा अत्याधिक बढन जान्छ । जसकारण शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रामा असन्तुलन पैद हुन्छ । त्यसैले खाली पेटमा केरा नखानु नै बेस हुन्छ ।
सोडा
सोडामा कार्बोनेट एसिडको मात्रा धेरै हुन्छ । यदि खाली पेटमा सोडा खाने हो भने तमतम लाग्ने तथा असहज महसुस हुन सक्छ ।
औषधि
औषधि दिदा नै चिकित्सकले भनेको हुन्छन खाली पेटमा सेवन नगनुहोला । हो खाली पेटमा जुनसुकै एलोपेथिक औषधि पनि सेवन गर्दा पेटमा एसिड निस्किएर शरीरमा असन्तुलन पैद हुन्छ ।
रक्सी
खाली पेटमा मदिराजन्य पदार्थ भुलेर पनि सेवन नगर्नुहोस । यसले पेटमा जलन पैदा गर्नुका साथै सही तरिकाले खाना नपच्ने समस्या निम्त्याउँछ ।
चटपटे भोजन
कहिलेकाहि खाली पेटमै चटपटे भोजन खाने गरिन्छ । तर सो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
चिया–कफी
खाली पेटमा चिया-कफी पिउनु सबैभन्दा घातक हुन्छ । कफीमा पाइने, कैफिनले स्वास्थ्य बेहाल पारिदिन सक्छ । चियामा हुने अधिक एसिडले पनि खालि पेटमा समस्या पैदा गरिदिन्छ । (एजेन्सी)
जानीराखौं, विहानै खालीपेटमा पानी पिउनुको ७ फाइदा
अधिकांश मानिसहरुमा बिहान उठ्नासाथ खाली पेटमा एक गिलास पानी पिउने बानी त हुन्छ । तर, विहानै उठ्ने बित्तिकै पानी पिउँदा के के फाइदा हुन्छ भन्ने धेरैलाई थाहा हुदैन् ।
१.भोक लाग्नुः
जव विहान पेट सफा हुँदैन मानिसलाई भोक लाग्दैन । भोक नहुँदा तपाइको शरिरलाई चाहिने आवस्यक पोषणतत्व पाइदैन । यदि तपाइ विहान उठ्नासाथ एक गिलास पानी पिउनु भयो भने तपाइको पेट सफा हुन्छ । यसले तपाइलाई भोक जगाउँछ ।
२.पेट सफा रहन्छः
जव तपाइ विहान उठ्ना साथ पानी पिउनुहुन्छ तव तपाइलाई ट्वाइलेट जान मन लाग्छ । तपाइ दिनहुँ बिहान उठेर पानी पिउने बानी बसाल्नु भयो भने तपाइको पेट सफा बन्दै जान्छ र कब्जियतको समस्या पनि हुँदैन ।
३.शरिरको दुर्गन्ध बाहिर निस्कन्छः
जव तपाइ बिहानै उठेर पानी पिउनुहन्छ, तपाइको शरिरमा रहेको फोहर बाहिर निस्कन्छ । पानीले शरिरमा रहेको हरेक फोहर बाहिर निकाल्न मदत गर्दछ । तपाइले धेरै पानी पिएर पिसाब गर्दा पिसाबबाट शरिरभित्रका धेरै फोहर बाहिर निस्कन्छ र तपाइ आनन्द महसुस गर्नुहुनेछ ।
४.दुःखाइबाट छुट्काराः
धेरै मानिसहरु धेरै समय सुतेर पनि बिहान उठ्नासाथ टाउको दुखेको तथा भारी भएको महसुस गर्छन । हामी धेरैलाई यो थाहाछैन की, शरिरमा पानीको कमीका कारण पनि टाउको भारी भएको हो या दुखेःको हो भनेर । यदि तपाइलाई पनि यस्तो समस्याले सताउने गरेको छ भने बिहान उठ्नासाथ खालीपेट प्रसस्त पानी पिउने बानी गर्नुहोस ।
५.रगतमा बृद्धिः
विहान खाली पेटमा पानी पिउँदा तपाइको शरिरमा रगतमा बृद्धि हुन्छ । खास गरेर विहानखाली पेटमा पानी पिउँदा रेड ब्लड सेल्स छिटो छिटो बढ्छ । त्यसैले तपाइको शरिरमा रगतका कमीको समस्या बढेको छ भने बिहान उठ्नासाथ पानी पिउने बानी बसाल्नुस त्यसले तपाइलाई फाइदा गर्दछ ।
६.मोटोपन कम हुन्छः
तपाइ मोटोपन घटाउन चाहानुहुन्छ भने बिहान उठ्नासाथ पिएको पानीले मोटोपन घटाउन सहयोग गर्छ । खाली पेटमा पानी पिउँदा शरिरमा रहेको खराब ट्रान्सफ्याट बाहिर निकाल्नुका साथै शरिरमा मोटाब्लिजम बढाउने काम गर्छ । यसका कारण तपाइको मोटोपन कम हुँदै जान्छ ।
७.अनुहारमा चमकता आउँछ
जव तपाइ बिहानै उठेर पानी पिउनुहुनछ । तपाइको अनुहारमा चमकता आउँछ । यस्तो बानीले अनुहारमा रहेको डन्डीफोर हराउने र अनुहार सफा हुन्छ । अनुहारमा ताजापन आउनु भनेको पेट स्वस्थ्य रहनु पनि हो । यदि कुनैपनि व्यक्तिको पेट सफा छैन, कब्जियत बढेको छ भने अनुरहारमा पनि चमकता हराउँदै जान्छ ।
प्रतिक्रिया