ब्राजिलको लगातार जित, १३औं पटक विश्वकप फुटबलको अन्तिम चरणमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०७५
|
|
३५ पटक हेरिएको
Shares
ब्राजिलको लगातार जित, १३औं पटक विश्वकप फुटबलको अन्तिम चरणमा

सारांश

  • रुस ।
  • रसियामा चलिरहेको विश्वकपमा ब्राजिलले लगातार जित हासिल गरेको छ ।
  • योसँगै ब्राजिलले लगातार १३ पटकसम्म विश्वकप फुटबलको अन्तिम १६ मा पुग्न सफल भएको हो ।

रुस । रसियामा चलिरहेको विश्वकपमा ब्राजिलले लगातार जित हासिल गरेको छ । योसँगै ब्राजिलले लगातार १३ पटकसम्म विश्वकप फुटबलको अन्तिम १६ मा पुग्न सफल भएको हो ।

बुधबार राति पौने १२ राति शुरु भएको समूह चरणको अन्तिम खेलमा २-० गोलअन्तरले सर्वियालाई पराजित गर्दै ब्राजिल समूह विजेता सहित नकआउट चरणमा प्रवेश गरेको हो।

ब्राजिललार्इ समूह विजेता बनाउन पाउलिन्हो र थियगो सिल्भाले गोल गरेका थिए। सर्विया विरुद्धको खेलको ६८ मिनेटमा नेमारको कर्नरमा थियगो सिल्भाले हेडर गोल गरेका थिए ।

१९७० यता लगातार दोस्रो चरणमा स्थान बनाउँदै आएको ब्राजिलले अन्तिम १६ मा अब समूह एफ को उपविजेता मेक्सिकोसँग सोमबार सामना गर्नेछ।

हारसँगै सर्बिया भने प्रतियोगिताबाट बाहिरिएको छ। यस समूहबाट स्विट्जरल्याण्ड उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?