हमास नियन्त्रणमा रहेका चार बन्धकको जिवितै उद्धार

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०८१
|
|
४३ पटक हेरिएको
Shares
हमास नियन्त्रणमा रहेका चार बन्धकको जिवितै उद्धार

सारांश

  • काठमाडाैं।
  • इजरायलले हमासको नियन्त्रणमा रहेका चार जना बन्धकलाई आफ्नो सेनाले जीवितै उद्धार गरेको जनाएको छ।
  • संयुक्त राष्ट्रसंघद्वारा गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमण पछि इजरायललाई कालो सूचिमा राखिरहेकै बीच इजरायलले सुरक्षा कारबाहीलाई तीव्रता दिइरहेको छ।

काठमाडाैं। इजरायलले हमासको नियन्त्रणमा रहेका चार जना बन्धकलाई आफ्नो सेनाले जीवितै उद्धार गरेको जनाएको छ।

संयुक्त राष्ट्रसंघद्वारा गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमण पछि इजरायललाई कालो सूचिमा राखिरहेकै बीच इजरायलले सुरक्षा कारबाहीलाई तीव्रता दिइरहेको छ।

इजरायली सेनाले भने उक्त विद्यालयमा आक्रमण गरेको स्वीकार गरे पनि १७ जना ‘आतंककारी’ मारिएको बताएको छ। त्यसैको सिलसिलामा इजरायली सेनाले हमास नियन्त्रणमा रहेका बन्धकहरुलाई मुक्त गरेको जनाएको हो।

गत अक्टोबर ७ मा भएको आक्रमणका क्रममा प्यालेस्टिनी इस्लामिक लडाकू समूह हमासले नोभा म्युजिक फेस्टिभलबाट ती चारै जनालाई अपहरण गरेको सेनाले जनाएको छ।

गाजाको एक अस्पतालले नुसिरात शिविरलगायत मध्य क्षेत्रमा शनिबार भएको भीषण आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको जनाएको छ।

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकायले इजरायलले छ हजार विस्थापितलाई आश्रय दिइरहेको उक्त विद्यालयमा आक्रमण गरेको भन्दै त्यसको निन्दा गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Two killed in road mishap
Two killed in road mishap
सत्ता गठबन्धनद्वारा ४ वैशाखभित्र उम्मेदवार टुंगो लगाइसक्नुपर्ने निर्णय
सत्ता गठबन्धनद्वारा ४ वैशाखभित्र उम्मेदवार टुंगो लगाइसक्नुपर्ने निर्णय
किर्ते गरेको अभियोगमा न्यायाधीशकी श्रीमती सहित आफन्तहरु पक्राउ
किर्ते गरेको अभियोगमा न्यायाधीशकी श्रीमती सहित आफन्तहरु पक्राउ
प्रधाननयायाधीशको पक्षमा केसीः पराजुलीको पक्षमा रक्षा कवज बनेर उभिने
प्रधाननयायाधीशको पक्षमा केसीः पराजुलीको पक्षमा रक्षा कवज बनेर उभिने
त्रिवि अब सेमेष्टर प्रणालीवाट पछि हटन सक्दैन: उपकुलपति प्रा.डा  खनिया
त्रिवि अब सेमेष्टर प्रणालीवाट पछि हटन सक्दैन: उपकुलपति प्रा.डा खनिया
हुम्लाका भण्डारीले पाए एन सी आई टी कलेज मुल इकार्इ कमिटीकाे संयाेजककाे जिम्मा
हुम्लाका भण्डारीले पाए एन सी आई टी कलेज मुल इकार्इ कमिटीकाे संयाेजककाे जिम्मा
परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता
परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता
जिप दुर्घटनाका ११ कै सनाखत
जिप दुर्घटनाका ११ कै सनाखत
नेपाल विकसित नहुनुको कारण ‘मेरी बास्सै’ हेर्नुहोस्, के छ रहस्य ?
नेपाल विकसित नहुनुको कारण ‘मेरी बास्सै’ हेर्नुहोस्, के छ रहस्य ?
समय अभावले मतदाता शिक्षा प्रभावकारी भएनः यादव