बल्ल भेटियो पहिलो विश्वयुद्धमा हराएको जहाज
सारांश
- लगातार एक सय तीन वर्षको खोजी पछि पहिलो विश्व युद्ध ताका हराएको अष्ट्रेलियाई पानी जाहाज फेला परेको छ ।
- पहिलो विश्व युद्धमा अलाइड तर्फबाट युद्धमा भाग लिएको अष्ट्रेलियोको एचएमएएस एई वान पानीजहाज पापुवा न्यु गुयानाको राबाउलबाट सम्पर्क विहिन भएकको थियो ।
- सन १९१४मा हराएको यो पानीजहाजमा ३५ जना अष्ट्रेलियाई र बेलयाती सैनिक सवार थिए ।
लगातार एक सय तीन वर्षको खोजी पछि पहिलो विश्व युद्ध ताका हराएको अष्ट्रेलियाई पानी जाहाज फेला परेको छ । पहिलो विश्व युद्धमा अलाइड तर्फबाट युद्धमा भाग लिएको अष्ट्रेलियोको एचएमएएस एई वान पानीजहाज पापुवा न्यु गुयानाको राबाउलबाट सम्पर्क विहिन भएकको थियो । सन १९१४मा हराएको यो पानीजहाजमा ३५ जना अष्ट्रेलियाई र बेलयाती सैनिक सवार थिए । सो पानीजहाजको खोजीमा गठित १३ औं मिसनले पापुवा न्यु गुयानको ड्युक अफ योर्क द्विप नजिकैबाट फेला पारेको हो ।
लामो समयको खोजी पछि जहाज भेटिदा अष्ट्रेलिया सरकारले एउटा ठुलो रहस्यको पर्दाफास भएको टिप्पणी गरेको छ । त्यस्तै त्यहाँ रक्षामनत्री मरिस पाइनेले अष्ट्रेलियाको जल सेनाको इतिहासकै सबै भन्दा ठुलो रहस्य खुलेको बताएका छन । अलाइड तर्फबाट युद्धमा सहभागी हँदा अष्ट्रेलियाको तर्फबाट भएको यो पहिलो ठुलो क्षति थियो । खोजी दलले समुद्र भित्र ड्रोनको मदतले सो खोजी गर्न सकेको हो । खोजी दलले तीन सय मिटर मुनीबाट सो जहाजको अवशेष फेला पारेको बताइएको छ । पानी जहाज भेटिएपछि अष्ट्रेलिया सरकार पीडित परिवारलाई जानकारी गराउने प्रयास गरिरहेको छ । हराएको जहाज भेटिएको खबरले पीडित परिवारलाई शान्ति दिने सरकारको सोचाई छ । यसैबीच अष्ट्रेलिया सरकार जहाज भेटिएपछि जाहाज डुब्नुको कारण समेत पत्ता लाग्ने अपेक्षा गर्न थालेको छ ।।
प्रतिक्रिया