राप्रपाले निर्वाचन आयोगको कार्यालय घेराउ गर्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ७, २०७३
|
|
१५५ पटक हेरिएको
Shares
राप्रपाले निर्वाचन आयोगको कार्यालय घेराउ गर्दै

सारांश

  • विधानबाट राजसंस्था र हिन्दु राष्ट्रसम्बन्धी वाक्यांश हटाइदिएको विरोधमा सत्तारुढ राप्रपाले निर्वाचन आयोग घेराउ गर्दैछ | आयोगले यसअघि राप्रपाको विधान संविधानसँग बाझिएको भन्दै राजसंस्था र हिन्दु राष्ट्र सम्बन्धी वाक्यांश हटाएर प्रमाणित गर्ने निर्णय गरेको थियो ।
  • त्यसको विरोधमा कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न लागिएको राप्रपाले जनाएको छ ।
  • राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाका नेता-कार्यकर्ताहरु सोमबार दिउँसो १२ बजे शान्तिवाटिकामा जम्मा भएर आयोग कार्यालयसम्म पुगेर प्रदर्शन गर्नेछन् ।

विधानबाट राजसंस्था र हिन्दु राष्ट्रसम्बन्धी वाक्यांश हटाइदिएको विरोधमा सत्तारुढ राप्रपाले निर्वाचन आयोग घेराउ गर्दैछ |

आयोगले यसअघि राप्रपाको विधान संविधानसँग बाझिएको भन्दै राजसंस्था र हिन्दु राष्ट्र सम्बन्धी वाक्यांश हटाएर प्रमाणित गर्ने निर्णय गरेको थियो ।

त्यसको विरोधमा कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न लागिएको राप्रपाले जनाएको छ ।

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाका नेता-कार्यकर्ताहरु सोमबार दिउँसो १२ बजे शान्तिवाटिकामा जम्मा भएर आयोग कार्यालयसम्म पुगेर प्रदर्शन गर्नेछन् । त्यसपछि आयोग कार्यालय अगाडि एक घण्टा धर्ना दिने कार्यक्रम छ ।

स्वतन्त्र बिचार बोक्न पाउनुपर्ने संवैधानिक अधिकारमा आयोगले कुठाराघात गरेको राप्रपाको आरोप छ । आयोगको निर्णयबाट असन्तुष्ट राप्रपाले निर्णय नसच्चिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ र आइतबार संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ ।

संविधानको धारा ४ (१)को व्यवस्था संशोधन गर्न राप्रपाको माग छ । धारा ४ (१) मा रहेको ‘धर्म निरपेक्ष’ भन्ने पदावलीको सट्टा ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’ राख्न संशोधनमा माग गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?