‘गाई कि त्रिशुल’ खेलेर गणतन्त्र ल्याएको होइनः प्रम ओली

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ११, २०७५
|
|
२८ पटक हेरिएको
Shares
‘गाई कि त्रिशुल’ खेलेर गणतन्त्र ल्याएको होइनः प्रम ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र भिक्षा मागेर नपाएको बताएका छन् ।
  • प्रतिनिधिसभाको अधिवेशन समापनमा बोल्दै प्रधानमन्त्रीले नेपाल कुनै हालतमा पछाडि फर्कन नसक्ने बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र भिक्षा मागेर नपाएको बताएका छन् । प्रतिनिधिसभाको अधिवेशन समापनमा बोल्दै प्रधानमन्त्रीले नेपाल कुनै हालतमा पछाडि फर्कन नसक्ने बताए ।

“जोगीले फेरी लगाएजस्तो जनताले फालिसकेको राजतन्त्र ल्याउँछौं भन्दै केही मान्छे फेरी लगाएर हिडेका छन्,” प्रधानमन्त्री ओलीले भने, “२५० वर्षअघि घलेहरुले बुझेका थिए, जन्मसिद्ध राजा हुँदैन । दौडेरै भए पनि जित्नैपर्छ ।”

प्रधानमन्त्री ओलीले प्रतिगमनको सम्भावना नरहेको उल्लेख गर्दै अनावश्यक चलखेल नगर्न सचेत गराए । “लोकतन्त्र भिक्षा मागेर ल्याएको होइन । गाई कि त्रिशुल खेलेर ल्याएको होइन । गणतन्त्र रगत बगाएर ल्याएको हो,” प्रधानमन्त्रीको भनाइ छ, “राजतन्त्र–राजतन्त्र भनेर धेरै फट्याकफुटुक नगरे हुन्छ ।”

विप्लव समूहलाई पटकपटक हिंसात्मक गतिविधि त्याग्न आग्रह गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सरकारले बाध्य भएर उक्त समूहका गतिविधि प्रतिबन्धित गरेको उल्लेख गरे । “लोकतान्त्रिक अभ्यासको उच्चतम अभ्यास चुनाव हुन नदिने, निर्दोष मान्छे मार्ने, अंगभंग गर्ने, यस्तो नगर्न आग्रह गरियो,” विप्लव समूह कतै दर्ता नभएको बताए ।

“त्यस समूहका आपराधिक क्रियाकलाप माथि निषेध गरिएको हो । त्यसो गर्दा कतिलाई हनहनी ज्वरो आयो । बम पड्काउन पाउने, चन्दाका नाममा लुट्न पाउने कुरा लोकतन्त्रको नाममा हुन्छ ?” प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली–प्रचण्ड विसर्जनवादी हुन, अब बैद्य र विप्लवसँग एकता गर्छौं: ऋषि कट्टेल
ओली–प्रचण्ड विसर्जनवादी हुन, अब बैद्य र विप्लवसँग एकता गर्छौं: ऋषि कट्टेल
हनुमन्ते खोला पसेपछि फसेकालाई उद्दारमा नेपाली सेना डुंगा सहित परिचालन
हनुमन्ते खोला पसेपछि फसेकालाई उद्दारमा नेपाली सेना डुंगा सहित परिचालन
आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति
आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति
कुनै ब्लु फिल्म, छाडा किताब पनि साथमा नराख्नुस्, नत्र जेल जानु पर्ला
कुनै ब्लु फिल्म, छाडा किताब पनि साथमा नराख्नुस्, नत्र जेल जानु पर्ला
पत्रकार कुटिएकाे घटनामा बाेले मुख्यमन्त्रि रार्इ
पत्रकार कुटिएकाे घटनामा बाेले मुख्यमन्त्रि रार्इ
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
‘दुवै हातमा लड्ड्’ भन्दाभन्दै देउवा झन् अप्ठ्यारोमा
‘दुवै हातमा लड्ड्’ भन्दाभन्दै देउवा झन् अप्ठ्यारोमा
लुम्बिनी प्रदेशसभा सचिवालयको काम आजदेखि देउखुरीबाट
लुम्बिनी प्रदेशसभा सचिवालयको काम आजदेखि देउखुरीबाट
प्रहरी सहायक निरीक्षक  विकको हत्याका  आरोपीद्वय  रामशंकर मिश्र अदालतमा हाजिर
प्रहरी सहायक निरीक्षक विकको हत्याका आरोपीद्वय रामशंकर मिश्र अदालतमा हाजिर
डा. केसीका बाँकी माग पूरा गर्न ढिलाई गर्नुहुँदैन् : पूर्वप्रधानन्यायाधीश कार्की
डा. केसीका बाँकी माग पूरा गर्न ढिलाई गर्नुहुँदैन् : पूर्वप्रधानन्यायाधीश कार्की

तपाईंले छुटाउनुभयो कि?